रेलबाट नेपाल आएका झापाका युवकमा कोरोना पुष्टि

रेलबाट नेपाल आएका झापाका युवकमा कोरोना पुष्टि

विराटनगर : भारतबाट नेपाल फर्किएका झापाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पिसिआर परिक्षणमा झापा कचनकवल गाउँपालिका ६ का ती युवकमा कोरोना पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

भारतमा रेल खुलेपछि गत जेठ २ गते नेपाल भारत सीमाना आइपुगेका ती युवा सहित ३० जनाको समूहलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालका सुरक्षाकर्मी र जनप्रतिनिधिसँगको आपसी समझदारीमा नेपाल पठाएको थियो ।

नेपाल ल्याएर उनीहरुलाई कचनकवलमा नै बनाइएको क्वारेन्टाइनमा राखी स्वाब संकलन गरी विराटनगर ल्याइएको थियो । ३० जना मध्ये १ जनामा कोरोना पुष्टि भएको रिपोर्ट आएपछि सोमबार साँझनै ती युवकलाई विराटनगर पठाइएको कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

ती युवकलाई एम्बुलेन्समा ल्याएर विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन् । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । सोमबार मात्रै मोरङ रतुवामाई नगरपालिकाका एक युवकमा पनि कोरोना पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.