विद्यालयमा क्वारेन्टाइन राख्न खोज्दा विवाद, गाउँपालिका अध्यक्ष लखेटिए

विद्यालयमा क्वारेन्टाइन राख्न खोज्दा विवाद, गाउँपालिका अध्यक्ष लखेटिए

कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं गाँउबाट लखेटिएका छन्। गाउँपालिकाको वडा नं. ४ मा विदेशबाट आएकालाई राख्नका क्वारेन्टाइनको व्यवस्थापन गर्न गएका बेला विवाद भएपछि स्थानीयले गाउँपालिका अध्यक्ष चौलागाईँलाई लखेटेका हुन्। 

गाउँपालिका वडा नं. ४ मा रहेको महादेव माध्यमिक विद्यालयमा क्वारेन्टाइन राख्ने विषयमा स्थानीय र गाउँपालिका अध्यक्षबीच विवाद भयो। विवादपछि स्गानीयले हातपातसहित गाउँबाट लखेटेका छन्। ‘अन्य सेवा सुविधा केही नदिने बाहिरबाट आएकालाई विद्यालयमा क्वारेन्टाइन बनाएर राख्ने भन्दै स्थानीयले विरोध जनाएका थिए।

गाउँपालिका अध्यक्षले सहमति गर्नुपर्नेमा उल्टै आफ्ना आसेपासे ल्याएर जनतामाथि हातपात गर्न खोजेपछि आफूहरुले प्रतिकार गरेको स्थानीय रविन्द्र शाहीले बताए।  स्थानीयको विरोधका बाबजुद स्थानीयसँग सल्लाह नै नगरी गाउँपालिका अध्यक्षले क्वारेन्टाइन बनाउन खोजेकाले आफूहरुले गाउँबाट नै लखेटेको स्थानीय लोकेन्द्र बहादुर शाहीले जिकिर गरे। उनले भने, ‘गाउँको बीचमा  क्वारेन्टाइन बनाउँदा गरोग भित्रिने त्रास हुन्छ टाढाको राख्नुपर्छ भन्ने हाम्रो माग थियो। तर गाँउपालिकाले जबरजस्ती क्वारेन्टाइन बनाउन खोजेपछि विवाद भएको हो।’  

 गाउँपालिका अध्यक्ष चौलागाईंसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन्। गाउँपालिका प्रवक्ता केशनबहादुर शाहीले गाउँपालिका अध्यक्ष चौलागाईंमाथि भएको हातपातको घटना निन्दनीय भएको बताए।

उनले विज्ञप्ति निकालेर शुभकालिका गाउँपालिका वडा नं. ४ मा रहेको महादेव माध्यमिक विद्यालयमा पीसीआर जाँचका लागि स्वाब संकलन गरिरहेका बेला गाउँपालिका अध्यक्षमाथि गालीगलैज र हातपात भएको दाबी गरेका छन्। संलग्नमाथि कानुन बमोजिम कारबाहीको माग गरेका छन्। 
   
सो विद्यालयमा क्यारेन्टाइन राख्न पाईदैन भन्दै स्थानीयले वडा कार्यालय र विद्यालयमा ताला समेत लगाएका थिए। गाउँपालिकाको केन्द्र राख्न माग गर्दा नराख्ने रोग भित्र्याउनका लागि क्वारेन्टाइन राख्न चाँही ४ नम्बर वडामा आउने भन्दै स्थानीयसहित वडाका जनप्रतिनिधिसमेत विरोधमा उत्रेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.