यार्सा पाटनमा प्रहरी परिचालन

यार्सा पाटनमा प्रहरी परिचालन

डोल्पा : डोल्पाका यार्सा पाटनहरुमा प्रहरी परिचालन गरिएको छ । बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनमा रोक लगाएपछि चोरी हुनबाट रोक्न जिल्लाका सबै यार्सा पाटनहरुमा प्रहरी परिचालन गरिएको हो । 

कोरोना भाइरसका कारण पहिलोपटक बन्द गरिएका डोल्पाका यार्सा पाटनरुमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको हो । बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसहरुले लुकीछिपी चोरी गर्ने भएकोले रोक्नका लागि पाटनमै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको क्याम्प राखिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । 

जिल्लामा रहेका डिभिजन वनकार्यालय अन्तरगतका सामुदायिक बनहरुमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ति क्षेत्रका बनहरुमा नेपाली सेना र निकुञ्जका कर्मचारीहरु परिचालन गरिएको छ । 

सामुदायिक बनमा जगदुल्ला गाँउपालिकामा १०, ठुलीभेरी नगरपालिकाको माझफालमा २० जना, छार्कामा २० जना र काइके गाँउपालिकाको ठाँगेमा १० जना गरी ६० जना शसस्त्र प्रहरी यार्सा पाटनमा पठाएको शसस्त्र प्रहरी बल ४६ नम्बर गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक चेतसिँह थापाले जानकारी दिए । 
'हामीले स्थानीय सरकार र सामुदायिक बनका प्रतिनिधिहरुसँगको सहकार्यमा यार्सा पाटनको सुरक्षा गर्नेछौँ चोरीका कुनै पनि क्रियाकलापहरु हुने छैनन् किनकी स्थानीयले साथ दिएका छन्', उनले भने । 

त्यसै गरी नेपाल प्रहरीले पनि आफ्नो टोली यार्सा पाटनहरुमा परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । डिएसपी रञ्जितकारले  जिल्लाको माझफालमा १४, जगदुल्लामा ११ जना, ठागेमा १० जना, नावरपानिमा १० जना, छार्काको तालपाटनमा १० जना गरी ५० जना प्रहरी सम्बन्धित क्षेत्रमा पुगिसकेको बताए । अन्य चौकीमा पनि प्रहरी पुगेकोले यार्सा पाटनको सुरक्षामा कुनै कमि नभएको दावी गरे । 

अघिल्ला वर्षहरुमा जेष्ठको १० गतेपछि जिल्लाका सबै यार्सा पाटनहरु खुला गर्ने गरिएको भए पनि यस वर्ष भने कोरोना भाइरसको कारण जिल्लाका सबै पाटन बन्द गरिएकोले प्रहरी नेपाली सेना र स्थानीयको पहलमा यार्सा पाटनहरु चोरी गर्नबाट जोगाइरहेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । 
 शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका सबै पाटनहरुमा एक साता पहिलेदेखि नै नेपाली सेनाको टोलीले सुरक्षा दिइरहेको र थप सुरक्षा ब्यवस्था बढाइ रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । 

डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ति क्षेत्रका वन र डिभिजन वनकार्यालय अन्तरगतका सामुदायिक वनगरी दुई किसिमका बनमा यार्सागुम्बा पाइने गर्दछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.