भिटिएम अभाव : संकास्पद १७ मध्ये २ को स्वाब संकलन

भिटिएम अभाव : संकास्पद १७ मध्ये २ को स्वाब संकलन

जाजरकोट : सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएका १७ मध्ये भिटिएम किट अभावमा नमुनाको रुपमा दुई जनाको मात्र स्वाव संकलन गरी सुर्खेत पठाईएको छ ।

 
भारतबाट आएका १४ र बाँकेको नेपालगञ्जबाट आएका तीन गरी १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु तीन दिनअघि आएका थिए । ती सबैको कोरोनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गर्न भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया) नहुँदा दुई जनाको मात्र स्वाब संकलन गरी सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए । 

शनिबार नेपालगञ्ज र भारतबाट आएका दुई जनामा सुरुमा ज्वरो आएको र त्यसपछि पखाला देखिएको डा. पुनले बताए । अहिले ज्वरो र पखाला दुवै छैन तैपनि संकास्पद लक्ष्यण देखिएकाले कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको उनले बताए ।
 
'भारतबाट आएका १८ वर्षका एक जना र नेपालगञ्जबाट आएका २२ वर्षका अर्का एक जनाको नमुनाको रुपमा स्वाब संकलन गरेर पठाएका छौँ । भिटिएम नहुँदा सबैको परीक्षण गर्न सकेनौं', डा. पुनले भने, ‘त्यही दुई ओटा भिटिएम पनि सामुदायिक अस्पताल चौरजहारीबाट मगाएर स्वाब संकलन गरेका हौँ । क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलनका लागि भिटिएम माग गरिए पनि प्राप्त हुन सकेन ।’ संक्रमण फैलिएको स्थानबाट आएका हुनले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको भए पनि परीक्षण गर्ने ब्यवस्था नुहँदा संक्रमणको खतरा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.