रामेछापका एक जनामा देखियो कोरोना संक्रमण

रामेछापका एक जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : रामेछाप जिल्लाको एक जनामा कोराना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार नयाँ संक्रमित २७ जनामध्ये रामेछापका  एक जनामा कोरोना भाइरस पोजिटिभ भएको उल्लेख गरेका हुन्।

यसैबीच रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्त्रालयको प्रेस व्रिफिङमा रामेछापको व्यक्तिलाई संक्रमण देखिएको जानकारी दिए लगतै संक्रमितको पहिचान गर्ने क्रममा नै रहेको बताइन्।  'संक्रमित व्यक्तिको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गरिएको रहेछ।' उनले भनिन्, 'रामेछापको व्यक्ति भएकाले उहाँ कहिले जानुभयो, कहाँको हुनु हो भेरिफाई गरेर जानकारी दिने बताइएको छ।'

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले रामेछाप ठेगाना भनिएका पुरुष हाल टेकुमा उपचाररत रहेको बताए। उनको अवस्था सामान्य रहेको र विस्तृत विवरण (ट्राभल हिस्ट्री) आउन समय लाग्ने जानकारी दिए।

मन्त्रालयले विवरण सार्वजनिक गर्दा संक्रमित व्यक्तिको स्थायी र अस्थायी दुबै ठेगाना नबताउँदा व्यक्ति पहिचानमा समस्या देखिदै आएको छ। यो सँगै रामेछाप स्थायी ठेगाना हुने २ जना संक्रमित भएका छन्।

यस अगाडि रामेछाप स्थायी घर भएका २७ वर्षीय सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएका थिए। सरस्वती खेल वरपर, पसलमा किनमेल गर्न भने जाने गरेका थिए तर उपत्यका बाहिर कहीँकतै गएको उनको यात्रा विवरण (ट्राभल हिस्ट्री) नरहेको बताइएको छ। 

 सशस्त्र प्रहरीका जवान संक्रमित भएको चाँगुनारायण नपा १ सरस्वतीखेलमा सोमबार चाँगुनारायण नपाको पहलमा स्थानीय एकसय १९ जनाको कोरोना परीक्षण गरिएको थियो। द्रूत परीक्षण विधि (आरडीटी) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको चाँगुनारायण नपा १ का वडा अध्यक्ष राजेश खड्काले जानकारी दिए।

प्रवक्ता देवकोटाका अनुसार संक्रमितको संख्या ४०२ पुगेको छ। जसमध्ये ३४० पुरुष हुन भने ६२ महिला छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.