पाँचथरका पत्रकारको कोरोना परीक्षण

पाँचथरका पत्रकारको कोरोना परीक्षण

फिदिम : फ्रन्टलाइनमा काम गर्ने पाँचथरका पत्रकारसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको आरडीटी परीक्षण र स्वाब संकलन गरिएको छ । कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिइरहेको बेला सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको हो ।   

जिल्लाका क्रियाशिल ८ जना पत्रकारको स्वाब संकलन र ९ जना पत्रकारको आरडीटी परीक्षण गरिएको हो । आरडीटी परीक्षण गराएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको छ । 

स्वाब संकलन गरिएका ८ जनाको रिपोर्ट आउन केही दिन लाग्ने स्वास्थ कार्यालयले जनाएको छ । परीक्षण गरिएको स्वाब बिराटनगर पठाइएको स्वास्थ्य कार्यालय पाँचथरका नारायण जोशीले बताए । 

 
मंगलबार पाँचथरमा पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी जम्मा एक सय १६ जनाको स्वाब संकलन गरिएको हो । त्यस्तै गरी एक सय ३५ जनाको आरडीटी परीक्षण गरिएको हो । परीक्षण गराएको सबैको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ ।  

स्वास्थ्य कार्यालय पाँचथरको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ पाँचथरको  समन्वयमा पत्रकारहरुको आरडीटी परीक्षण र स्वाब संकलन गरिएको हो ।  अन्य जिल्लामा पत्रकारलाई पनि कोरोना संक्रमण देखिएकाले पाँचथरका पत्रकारहरुको स्वास्थ्यलाई ख्याल गरेर परीक्षणलाई प्राथमिकतामा राखिएको महासंघका अध्यक्ष लवदेव ढुंगानाले बताए । 

स्वाब परीक्षणका नतिजा आउन केही दिन लाग्ने भएको छ । आरडीटी परीक्षण गराएका ९ जना पत्रकारसहित एक सय ३५ जनाको रीपोर्ट नेगेटिभ भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.