कर्णाली भित्रिनेको अनिवार्य पीसीआर परीक्षण

कर्णाली भित्रिनेको अनिवार्य पीसीआर परीक्षण

सुर्खेत : अब कर्णाली प्रदेशमा भित्रिनेहरूको अनिवार्य पीसीआर विधिबाट परीक्षण गरिने भएको छ। भारतबाट आएका दैलेखका एक युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश सरकारले यस्तो निर्णय गरेको छ। कर्णालीमा सोमबार पहिलो पटक दैलेखको आठविस नगरपालिकामा संक्रमण पुष्टि भएको हो।

भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै प्रदेश सरकारले नाकामै थप सतर्कता अपनाउने निर्णय गरेको हो। जसअनुसार अब स्वदेश तथा विदेशबाट आउने सबै नागरिकको अनिवार्य पीसीआर विधिबाट परीक्षण हुनेछ। अब प्रदेशमा भित्रिनेहरूसँगै संक्रमण पनि भित्रिने भएकाले पीसीआर परीक्षणलाई अनिवार्य बनाइएको प्रदेश सरकारले जनाएको छ। यस्तै प्रदेशका सात सय १८ वटा वडामै पुगेर स्वाब संकलन गर्ने र कोरोना परीक्षण गरिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो।

कर्णालीमा संक्रमण पुष्टी नहुँदासम्म आरडीटी र पीसीआर दुबै विधिबाट नमूना परीक्षण हुँदै आएको थियो। यस्तै परीक्षण पनि सुस्त थियो। तर संक्रमण देखिएपछि परीक्षणको दायरालाई बढाएर तीव्र बनाउने र अब प्रदेशमा भित्रिने सबै नागरिकको अनिवार्य पीसीआर परीक्षण गरिने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए। उनले भने,‘हालसम्म हाम्रो प्रदेशमा संक्रमण शुन्य थियो, तर दैलेखमा पहिलो संक्रमण पुष्टी भएको छ। यसले कर्णालीमा पनि जोखिम बढेको संकेत गरेको छ, त्यसकारण पनि हामीले अब स्वदेश र विदेशबाट कर्णाली भित्रिने सबैको अनिवार्य पीसीआर परीक्षण गर्ने निर्णय गरेका हौं।’

दैलेखमा क्वारेन्टाइनमा रहेका व्यक्तिमा संक्रमण देखिएको भन्दै उनले समुदायमा संक्रमणको खतरा आइनसकेको बताए। परीक्षणको दायरालाई तीव्र बनाइने भन्दै मन्त्री रावलले प्रदेश भित्रिने नाकामा अब बाहिरबाट आउनेहरूको अनिवार्य नाम दर्ता गर्ने, नाकामै आरडीटी परीक्षण गर्ने, सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइन अवधि पूरा भएपछि अनिवार्य पीसीआर परीक्षण गर्ने निर्णय भएको जानकारी दिए। प्रदेश सरकारले अब भारतबाट मात्र कम्तिमा २० हजार कर्णालीबासी भित्रिने आंकलन गरेको छ। उनीहरूसँगै संक्रमण पनि भित्रिने जोखिम रहेकाले अनिवार्य परीक्षण हुने प्रदेश सरकारको भनाइ छ।

हालसम्म कर्णालीमा जम्मा तीन हजार चारसय ३३ जनाको मात्र पीसीआर परीक्षण भएको छ। यस्तै, सात हजार पाँचसय ९१ जनाको आरडीटी परीक्षण भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशक रिता भण्डारीले भनिन्,‘अब भारतबाट धेरै कर्णालीबासी आउनेवाला छन्, उनीहरूको अनिवार्य पीसीआर परीक्षण गर्नेछौं।’

परीक्षणको दायरा बढाएमात्र संक्रमण रोकथाम गर्न सहज हुने भन्दै उनले वडा तहमा पनि स्वाव संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन्। कर्णालीमा संक्रमण देखिन थालेको भन्दै उनले हाल कर्णालीमा बिरामीको उपचारका लागि पाँच सय २० वटा आइसोलेसन बेड र २२ वटा आईसीयु रहेको बताइन्। साथै प्रदेश सरकारले सुर्खेत र जुम्लामा रहेका पीसीआर मेसिनको विश्वसनियतामा शंका नगर्न पनि आग्रह गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.