पश्चिम नवलपरासीमा भारतबाट आउनेको संख्या १२ सय बढी, थप एकजनामा कोरोना संक्रमण

पश्चिम नवलपरासीमा भारतबाट आउनेको संख्या १२ सय बढी, थप एकजनामा कोरोना संक्रमण

परासी : लकडाउनपछि भारतबाट पश्चिम नवलपरासीमा आउनेको संख्या १२ सय बढी पुगेको छ । जसमा ५ सय बढी क्वारेन्टाइनमा बसेर घर गएका छन् भने बुधबार बिहानसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ६ सय ७६ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

क्वारेन्टाइनमा बस्ने सबै भारतबाट आएका हुन् । भारतबाट आउने क्रम अझ पनि नरोकिएपछि पालिकाले वडास्तरमा पनि क्वारेन्टाइनको संख्या थप्न थालेका छन् ।  दिनहुँजसो सीमा नाकाबाट ७० देखि १ सय जनासम्म जिल्ला भित्रिने गरेको पालिकाले जनाएका छन् । ७ स्थानीय तह रहेको जिल्लाका चार गाउँपालिका भारतीय सीमासँग जोडिएका छन् । 

प्रतापपुर, पाल्हीनन्दन, सरावल र सुस्ता गाउँपालिका सीमासँग जोडिएका छन् । ती गाउँपालिकाका क्वारेन्टाइनमा बस्नेको संख्या बढी छ । सबैभन्दा बढी सरावलमा १ सय ४३, सुस्तामा १ सय ३७, पाल्हीनन्दनमा १ सय ३६ जना र प्रतापपुरमा १ सय ३ जना क्वारेन्टाइनमा छन् । 

 
थप एक जनामा कोरोना

यसैबीच पछिल्लो पटक बुधबार सुस्ता गाउँपालिका-५ का २६ वर्षीया पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गाउँपालिमा रहेका क्वारेन्टाइनबाट ५५ जनाको स्वाब संकलन गरेर पठाइएको थियो ।

जसमा ४१ जनाको मात्र रिपोर्ट आएको र एकजनामा पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख ढकालले जानकारी दिए । बेलावानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका उनी भारतको मुम्बईबाट आएका थिए।

उनीसहित भारतबाट आएका सबैलाई सिधैं क्वारेन्टाइनमा लगेर राखिएको बताइए पनि त्यसबारे सोधखोज भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका-५ बड्की बैदौलीका ३६ वर्षीया पुरुषमा कोरोना संक्रमण पाइएपछि उनलाई भैरहवा भीम अस्पताल पठाइएको छ । उनी पनि भारतबाट आएका थिए । जिल्लामा व्यवस्थित आइसोलेसन नहुँदा संक्रमितलाई अन्यन्त्र पठाइने गरिएको छ । 

भारतबाट आउनेको संख्या बढदै गएको र संक्रमितहरु देखा पर्न थालेपनि व्यवस्थित आइसोलेसन बनाउनतर्फ पहल भएको छैन। पृथ्वीचन्द्र जिल्ला अस्पतालमा १० बेडको आइसोलेसन बनाइएको छ तर उपकरण र स्वास्थ्य सामग्री अभावले सञ्चालनमा ल्याउन सकिएको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.