बराहक्षेत्रमा एकजनामा कोरोना संक्रमण, दुई वडा 'सिल'
इटहरी : मंगलबार स्थानीय एक सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । मंगलबार वडा नम्बर ११ मधुवनमा कार्यरत पथरीका सशस्त्र प्रहरीलाई कोरोना देखिएको थियो । उनलाई कोरोना देखिएसँगै उनीसँगै काम गर्ने १५ जनाको स्वाव परिक्षण गरिएको छ ।
संक्रमण फैलिनसक्ने भन्दै नगरपालिकाले १० र ११ वडा सिल गरेको छ । औषधि पसल, क्लिनिक र मेडिकलबाहेक सबै क्षेत्र तत्कालका लागि पूर्ण बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेशकुमार पोख्रलले जनाएका छन् ।