मकैमा फौजी किराको प्रकोप

मकैमा फौजी किराको प्रकोप

दोलखा : पहाडी जिल्ला दोलखाको सदरमुकाम चरिकोट नजिकै हुर्किँदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । सामुन्द्रिक सतहबाट करिब २ हजार मिटरको उचाइमा रहेको भीमेश्वर नगरपालिका–६, चोथाङमा हुर्कँदै गरेको मकैवालीमा दुईहप्तादेखि फौजी किराको प्रकोप देखिएको हो । 

चोथाङको करिब १५० रोपनीमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नविन लामाले जानकारी दिए ।
१०–१५ रोपनीमा हुर्कँदै गरेको मकैमा किरा लागेर मेलैसँग मकैको बोट नै नष्ट गरेको चोथाङकी कृषक ठूली तामाङले दुखेसो गरिन् । 'कीराले घुँडासम्म आएको मकै सबै सखाप नै बनायो', कृषक तामाङले भनिन्। 'मौषम पनि ठीकै थियो बाली राम्रो होला भनेको यो के किरा आयो २ फिट नपुग्दै बोट सखाप भयो', अर्का किसान बिरबहादुर तामाङले दुखेसो गरे ।

मकैको कतिपय बोट त एकबित्तामै कीराले खाएको चोथाङकी किसान कुमारी लामाले बताइन् । उखेलेर बाख्रालाई घाँस दिँदा दिँदै बारी नै रित्तो हुने अवस्थामा पुगेको उनको भनाइ छ । चोथाङ नै घर भएका वडाध्यक्ष लामाको मकैबालीमा पनि फौजीले गर्दा बोट बढ्न पाएको छैन । फौजी किराको प्रकोपले मकैको बोट नासिँदै गएपछि लगातार ३ दिनदेखि विषादी छर्कने काम भइरहेको वडाध्यक्ष लामाले जानकारी दिए ।

नगरक्षेत्रको चोथाङमा फौजी किरा रोकथामको पहल भइरहेको भीमेश्वर नगरपालिका कृषि शाखाकी प्रमुख राधिका बुढाथोकीले जानकारी दिइन् । लकडाउनले भनेजति विषादी नपाउँदा रोकथाममा समस्या भइरहेको उनले बताइन । फौजी किराको प्रकोप बढेसँगै किरा नियन्त्रणका लागि विषादीको माग पनि बढिरहेको छ । 

यसअघि खासै नदेखिएको फौजी किरा नियन्त्रण गर्ने विषादी पुर्‍याउन नै समस्या भइरहेको व्यवसायीहरू बताउँछन् । खास गरी फागुनदेखि साउनसम्म बढी सक्रिय देखिने यो कीराको प्रकोप भदौपछि तापक्रम घट्दै जाँदा कम हुने गरेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.