बैतडीका तीनजनाको पीसीआर रिपोर्ट 'नेगेटिभ '

बैतडीका तीनजनाको पीसीआर रिपोर्ट 'नेगेटिभ '

बैतडी : भारतबाट फर्केपछि आइसोलेसन भर्ना भएका बैतडीका ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सिगास गाउँपालिका ९ चौखामका ३३,२२ र २० वर्षीय ३ पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका ल्याब असिस्टेन्ट चन्द्रसिंह डोबालले जानकारी दिए ।

गत वैशाख १८ गते झुलाघाट नाकाबाट उद्धार गरेर ल्याइएका उनीहरु सबैलाई गत शनिवारसम्म श्रीभावर क्वारेन्टाइनमा राखिएको थियो। शनिबार आरडीटि परीक्षण गर्दा ३३ वर्षीय पुरुषको आरडीटी पोजेटिभ देखिएको थियो ।

आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि उनीसँगै रहेका २२ र २० वर्षीय युवकको पनि थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

श्रीभावरस्थित आइसोलेसन भर्ना भएका तीनैजनाको पीसीआर रिपार्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकसिंह धामीले बताए । उनले भने, 'आरडीटी रिपोट पोजेटिभ आएका एकजना र उनीसँगै रहेका दुई अरुको गरेर हामीले तीनजनाको थ्रोट स्वाब संकलन गरेर पठाएका थियौं । तीनैजनाको पीसीआर रिपोट नेगेटिभ आएपछि घर पठाएका छौं ।'

यसअघि वैशाख १८ गते धार्चुला नाकाबाट उद्धार गरी ल्याइएका डिलाशैनी गाउँपालिका १ का ५० वर्षीय पुरुषको पीसीआर नेगेटिभ आएको थियो ।  उनको आरडीटी रिपोट पोजेटिभ आएपछि थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.