कारागार प्रशासन विरुद्ध आन्दोलन

कारागार प्रशासन विरुद्ध आन्दोलन

शुभलक्ष्मी विश्वकर्मा। हेटौंडा : मुलुक कोरोना संक्रमण विरुद्ध संघर्ष गरिरहेका बेला मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दी भने जेल प्रशासन र जेलर विरुद्ध आन्दोलनमा उत्रिएका छन्। आफ्नो सेवा सुविधामा ध्यान नदिएको र उपल्लो निकायमा रहेकाहरुले शोषण गरेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन्।

भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीमा दुईवटा ब्लक छ। ‘क’ ब्लकका नाइके, भाइनाइके लगायत सबै कैदीबन्दीले आफूहरुमाथि शोषण भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। शोषणको विरोध तथा सुविधाको माग गर्दै उनीहरु अधिकार माग गर्ने नारासहित शनिबार प्लेकार्ड बोकेर अनसनमा बसे। कारागारमा आउने खाद्यान्न र तरकारीमा लामो समयदेखि जेलर र प्रशासनको मिलेमतोमा कमिसन लिएकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य हुनु परेको कैदीबन्दीको भनाइ छ।

साथै, कैदीबन्दीले पाउनुपर्ने सुविधा सम्बन्धित व्यक्तिलाई नदिएको, टेलिफोनको लाइन काटिदिएको, आफूहरुलाई मानव अधिकार उल्लंघन हुने गरी व्यवहार गरिएको लगायतका आरोप उनीहरुले लगाएका छन्। कारागारका जेलर, नाईके लगायतका जिम्मेवार व्यक्ति मिलेर यस्तो प्रकृतिको शोषण, दमन गर्दै आएका कैदीबन्दीको दावी छ। यस्ता समस्याबारे जानकारी गराउँदै कैदीबन्दीले समस्या समाधान गरिदिन गृहमन्त्रीलाई निवेदन पनि लेखेका छन्। ‘यो दमन शोषण बन्द गरियोस् र हामी कैदी बन्दीले पाउने हक अधिकार सुनिश्चित गरिपाउँ’, निवेदनमा भनिएको छ। कैदीबन्दीले निवेदनमा हस्ताक्षर समेत गरेका छन्।

कारागारमा आन्दोलन भएको थाहा पाएपछि सशस्त्र प्रहरीका प्रतिनिधिलाई घटनाबारे जानकारी लिन पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए। प्रहरी परिचालन गरिएपछि त्यहाँको आन्दोलन साम्य भएको उनले बताए। प्रजिअ नेपालले यस्तो बताएपनि उक्त कारागारमा यो समस्या नयाँ होइन। कैदीबन्दीले कारागार प्रशासन विरुद्ध बेला–बेलामा आवाज उठाउँदै आएका छन्।

यसअघि त्यहाँका जेलर मदन अधिकारीलाई अख्तियारले घुससहित पक्राउ गरेको थियो। घुस प्रकरणमा आफ्ना नेताको हात रहेको जानकारीमा आएको भन्दै नेकपाका स्थानीय कार्यकर्ता आफ्ना नेताकोमा डेलिगेसन गएका थिए। यद्यपि घटनाबारे पुष्टि हुन नसकी कार्यकर्तालाई आरोप निराधार रहेको भन्दै आश्वस्त पारी फर्काइएको स्रोतले दावी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.