हतियार र लागुऔषधसहित पक्राउ

हतियार र लागुऔषधसहित पक्राउ

इटहरी : पेस्तोल र लागुऔषधसहित सप्तरीका कृष्णकुमार यादव (क्रिस) सुनसरीबाट पक्राउ परेका छन् । एक थान कटुवा पेस्तोल, ३ थान गोली र लागुऔषधसहित उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएकोछ । बी आर ५० पी १२४१ नम्बरको भारतीय नम्बर प्लेटको गाडीमा सप्तरीबाट सुनसरी आउँदै गरेको सूचनाका आधारमा सुनसरी प्रहरीले पक्राउ गरी खानतलासी गरेको हो ।

ज्वालासिंहको भुमिगत संगठनमा हिडेका उनीमाथि सबैखालको अपराधमा संलग्न रहेको आरोप लागेको सुनसरीका प्रहरी प्रमुख कमल थापाले जानकारी दिए । यता कोशी गाउँपालिका ८ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादवले भने क्रिसलाई फँसाइएको बताएका छन् । विज्ञप्ती जारी गर्दै उनले मंगलबार साँझ आफूहरुकै सामुन्ने भान्टाबारी बजारमा खानतलासी हुँदा गाडीमा केही नभेटिएको दावी गरे ।
 

यता एसपी थापाले भने भन्टाबारीमा खानतलासी नगरिएको बताए । 'भीड थियो, त्यहाँबाट निकालेर ल्याउँदै गर्दा भाग्न सक्ने भएकोले बाटैमा थप प्रहरी मगाएर सर्च गरीएको हो,' उनले भने ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.