नवलपरासीका पत्रकारको कोरोना बीमा

नवलपरासीका पत्रकारको कोरोना बीमा

परासी : नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले शाखामा आवद्ध सदस्य पत्रकारको कोरोना बीमा गराएको छ । बीमा रकम प्रति व्यक्ति ५० हजारको छ । पश्चिम जिल्ला भारतसँग सीमाना जोडिएको र उच्च जोखिममा रही समाचार संकलन गर्नु परेकाले शाखामा आवद्ध सबै सदस्यको बीमा गरिएको शाखा सचिव राजकुमार रेश्मीले बताए । 

शाखामा ६३ जना सदस्य आवद्ध छन् । आवद्ध सदस्यमध्ये केही विदेशमा रहेको र केहीको यसअघि नै बीमा भइसकेकाले १ जना कर्मचारीसहित ४९ जना सदस्यको बीमा गरिएको सचिव रेश्मीले जानकारी दिए । 

जनरल इन्स्योरेन्स कम्पनी शाखा कार्यालय, पश्चिम नवलपरासीमार्फत बीमा गरिएको हो । बीमावापत लाग्ने सम्पूर्ण खर्च पत्रकार महासंघ जिल्ला शाखाले व्यहोरेको हो । कोरोना परीक्षण गर्दा कुनै पनि व्यक्तिको पीसीआर पोजेटिभ रिपोर्ट आए बीमा रकम उपलब्ध हुने बीमा कम्पनीका शाखा प्रबन्धक नारायण न्यौपानेले जानकारी दिए । 

कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा रहेका पत्रकारको मनोबल उच्च बनाउन सरकारबाट कुनै सहयोग उपलब्ध नभएको अवस्थामा शाखामा आवद्ध पत्रकारहरुलाई पेशाप्रति उत्साहित बनाउन बीमा गरिएको सचिव रेश्मीले बताए । 

सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभएपनि शाखाले आवद्ध सदस्य र जिल्लामा कार्यरत अन्य पत्रकारलाई स्वास्थ्य सामाग्री, प्रेसज्याकेट लगायतका सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । 

यसैबीच पत्रकार महासंघले जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारहरुको पीसीआर परीक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको शाखाले जनाएको छ।   


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.