कृषिजन्य उद्योग स्थापना गर्ने सरकारको तयारी

कृषिजन्य उद्योग स्थापना गर्ने सरकारको तयारी

काठमाडौं  : कृषि उत्पादन तथा बजारीकरणका लागि सरकारले कृषिजन्य उद्योग स्थापना गर्ने भएको छ । आउँदो आर्थिक वर्षमा कृषिजन्य उद्योगमा विशेष प्राथमिकता दिने गरी बजेट विनियोजन गर्ने सरकारको तयारी छ । कृषि उत्पादन, बजारीकरण र प्रशोधन क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गर्ने र अन्तर मन्त्रालय समन्वय गरी कृषिजन्य उद्योग सञ्चालन गर्ने सरकारले योजना बनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि र उद्यमसँग जोडेर आकर्षक प्याकेज ल्याउने सरकारले योजना अघि सारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि विकास तथा पशुपन्छी मन्त्रालयले कृषि उत्पादन र कृषिजन्य उद्योगमा उच्च प्राथमिकता दिने योजना अघि सारेका छन् । 

कृषिमन्त्री घनश्याम भुसालले दुई वर्षभित्र कृषिमा आत्मनिर्भर हुने योजना अघि सारेका छन् । कृषिमा आत्मनिर्भर हुनेगरी कार्यक्रम अघि सारको कृषि मन्त्रालयले जनाएको छ । 

उद्योग मन्त्रालयले उद्यमशीलताका विविध कार्यक्रमका साथै औद्योगिक ग्रामार्फत कृषिजन्य उद्योगमा उच्च प्राथमिकता दिने योजना अघि सारेको छ । उद्यशमीलता बढाउन मन्त्रालयले साना तथा घरेलु उद्योगमा प्रोत्साहन गर्ने, पाठ्यक्रममा उद्यमशीलता अध्ययान गराउने, उत्पादन र उत्पादकत्व बढाउने र स्थानीय स्तरमै प्रशस्त रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ । 

अहिले दुई खर्ब भन्दा बढीको कृषिजन्य वस्तु आयात भइरहेको छ । कृषिसहित स्वदेशमै उत्पादन हुन सक्ने अधिकांश क्षेत्रमै उत्पादन नभई आयात हुदाँ दिनप्रतिदिन व्यापारघाटा बढी रहेको छ । सरकारले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्वन गरी कृषिजन्य उद्योगमा प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमममै समावेश गरिसकेको छ । 

कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान सात प्रतिशत र कृषिको योगदान करिब ४१ प्रतिशत छ । सरकारले वर्षेनी कृषिमा चार प्रतिशतसम्म बजेट विनियोजन गर्दै आएको छ । कृषिमा ६७ प्रतिशत भन्दा बढी जनसंख्या आश्रित छ । तर कृषि आधाुनिक तथा व्यवसायीकरण नहुदाँ धेरैलाई खानसमेत पुग्दैन ।

राष्ट्रिय कृषक समूह महासंघका पूर्व अध्यक्ष उद्वव अधिकारीले कोभिड १९ को असरबाट जोगिन आउँदो आर्थिक वर्षमा कृषिमा ३० प्रतिशतसम्म बजेट विनियोजन गर्नुपर्ने बताउँछन् । ‘कृषिलाई उद्योगसँग जोड्न सक्नुपर्छ,उनले भने, 'यसो हुन सके रोजगारी पनि बढ्छ, उत्पादन पनि बढ्छ ।'

उनले कृषि उत्पादन र कृषिजन्य उद्योग स्थापनाका लागि सरकारले प्याकेजक नै ल्याउनुपर्ने बताउँछन् । उखु खेती र चिनी उद्योग, कपास खेती र जुट उद्योग, रबर खेती र उद्योग, दूध उत्पादन र दूधजन्य उद्योगमा एकीकृत प्याकेज ल्याउन सके एक वर्ष भित्रै कृषिमा आत्मनिर्भर हुन सकिने उनको भनाइ छ । प्रांगारिक मल र रासायानिक मल कारखाना खोल्न सरकारले प्राथिमकता दिनुपर्ने विज्ञहरु बताउँछन् । कृषिमा आधारित उद्योगमा उच्च प्राथमिकता दिन सके केही वर्षभित्रै व्यापारघाटा कम गर्न सकिनेमा उनले जोड दिए । 

मुलुकभर दुई हजारमात्रै प्राविधिक छन् । ती प्राविधिक कृषकसम्म पुग्न सकेका छैनन् । पूर्व अध्यक्ष अधिकारीले प्रत्येक वडामा दुईजना प्राविधिक (कृषि र पशु) अनिवार्य राख्नुपर्ने आवश्यकता थान्छन् । यसले कृषिमा व्यापक सुधार आउने र किसान उत्साहित भएर व्यवसायिकतामा जाने उनको ठहर छ । नेपालको प्रमुख खाद्यन्न बाली धान भएपनि मल, बिउ र सिँचाईको प्रबन्ध नहुदाँ उत्पादन घटिरहेको छ । अधिकारीले कृषि सामग्रीको उचित बन्दोबस्तीका लागि कृषि सामाग्री कम्पनी ब्यूताएर प्रभावकारी सेवा दिनुपर्ने बताउँछन्  । 

कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठकले कृषिको परनिर्भरता रोक्न सरकारले कृषिलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँछन् । ‘सहकारीमार्फत उद्योग स्थापना गर्न सरकारले बजेटमा प्राथमिकता दिनुपर्छ’ उनले भने । मल, बिउ, सिँचाइका साथै प्रविधि प्रयोगमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । आयातित बिउ न्यूनिकरण गर्र्दै रैथाने बिउमा जोड दिनुपर्ने प्राविधिकहरु बताउँछन् ।

कृषि केन्द्रीय संघले वर्षेनी पाँच सय जनालाई इजरायलको कृषि प्रविधि सिकाउन पठाउने गरेको छ । अध्यक्ष पाठकले इजरायलबाट फर्केका दुई हजार व्यक्तिलाई उद्यमशीलतामा जोड्न सरकारले सहुलियत कर्जाका साथै भुगोल सुहाउँदो प्रविधि उपयोगमा सहजीकरण गरिदिनुपर्ने बताए । कृषिलाई निर्वाहमुखीबाट आधुनिक र व्यावसायिकमा रूपान्तरण गर्दै कृषिजन्य उद्योग स्थापना र बजारीकरणमा ध्यान दिनु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.