करेन्ट लागेर तीन दिनमा तीनजनाको मृत्यु

करेन्ट लागेर तीन दिनमा तीनजनाको मृत्यु

राजविराज : सप्तरीमा बिजुलीको करेन्ट लागेर तीन दिनको अवधिमा तीनजनाको मृत्यु भएको छ । बोदे बरसाईन नगरपालिका-९ मा बिहीबार करेन्ट लागेर ४० वर्षीया मिरकुन सदाको मृत्यु भएको जानकारी दिँदै सप्तरी प्रहरीले तीन दिनको अवधिमा तीनजनाको मृत्यु भएको जनाएको छ । 

बिजुली बत्तीको होल्डरमा प्लग लगाई बत्ती बाल्ने क्रममा करेन्ट लागेर घाइते भएकी सदाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको परिवारका सदस्यले बताए। मृतक परिवारका सदस्यका अनुसार बोदे बरसाईन ५ स्थित जिवन दिप हस्पिटलका चिकित्सकले अस्पताल ल्याउना साथ सदालाई मृत घोषणा गरे । उनको शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याउने तयारी भइरहेको छ ।

बुधबार डाक्नेश्वरी नगरपालिका तथा मंगलबार खडक नगरपालिकामा करेन्ट लागेर एक पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । डाक्नेश्वरी नगरपालिका-१० का ३६ वर्षीय रन्जितकुमार साहको घरमा मोटर जडान गर्ने क्रममा मृत्यु भएको थियो । 

यसैगरी खडक नगरपालिका-३ की २२ वर्षीया बबिताकुमारी मण्डलको खेतमा घाँस काटिरहेकीका बेला करेन्ट लागेर मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.