कागेश्‍वरी मनोहरामा १९२ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

कागेश्‍वरी मनोहरामा १९२ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

काठमाडौं : कागेश्‍वरी मनोहरा नगरपालिकामा पीसीआर विधिबाट परीक्षण गराएका १९२ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ ' आएको छ। नगर प्रवक्ता राजाराम पुडासैनीले पीसीआर विधिबाट परीक्षण गराएका १९२ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

गत सोमबार लकडाउनमा नगरपालिकाभित्र विषेश सेवामा खटिएका ४३८ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये २६९ आरडीटी र १६९ पीसीआर गरी ४३८ नमूना परीक्षण गरिएको नगरपालिकाकी उप-प्रमुख बिन्दु पुडासैनीले जानकारी दिइन्।

परीक्षणका क्रममा आरडीटी विधिबाट परीक्षण गराएका २३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। आरडीटी पोजिटिभ देखिएका सबैको स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो।

आरडीटी परीक्षण पोजिटिभ आएपछि नगरपालिकाले उनीहरुलाई स्थानीय अस्पतालको आइसोलेसनमा राखेको थियो। उप-प्रमुख पुडासैनीका अनुसार उनीहरुलाई बिहीबार नै डिस्चार्ज गरिएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य  छ। परीक्षण गर्न बाँकी रहेकाहरुको पनि केही दिनभित्रै परीक्षण गरिने उप-प्रमुख पुडासैनीले बताइन्।

जेठ ४ गते सोमबार नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य मन्त्रालयको संयुक्त टोलीले कोरोना परीक्षण गरेको थियो। नगरपालिकाको वडा नम्बर २ को आलापोट स्वास्थ्य केन्द्र र ६ को मुलपानी नगर अस्पतालमा कोरोना परीक्षण गरेको थियो।

लकडाउनमा नगरपालिकाभित्र विशेष सेवामा जुटिरहेका १ हजार जनाको कोरोना परीक्षण गर्ने अभियानअन्तर्गत ४३८ जनाको कोरोना परीक्षण गरिएको हो। नगरपालिकाले नगरपालिकाभित्रका सरसफाइ कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी,ट्राफिक प्रहरी,नगर प्रहरी,निर्वाचित प्रतिनिधि,राहत बाँड्न खटिने पार्टी प्रतिनिधि,समाजसेवी, रेडक्रसका सदस्य र विभिन्न संघसंस्थामा आवद्ध कर्मचारीको आरडीटी र पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरेको छ।  

यसअघि पनि नगरपालिकाले ९ वटै वडामा कोरोना परीक्षण गरेको थियो। परीक्षणका क्रममा २ जनामा कोरोना परीक्षण पोजिटिभ देखिएको थियो।दुवैजना कोरोना जितेर फर्किसकेका छन्।नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ भने ४९ जना निको भएका छन्। तीन जनाको भने मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.