मुस्ताङमा उच्चघनत्वको स्याउ बेर्ना

मुस्ताङमा उच्चघनत्वको स्याउ बेर्ना

जोमसोम : स्याउ उत्पादनले महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङमा बुधबार ४ वटा ट्रकमा १० हजार उच्चघनत्वको स्याउ बेर्ना ल्याइएको छ । २ महिनाअघि मुस्ताङका किसानलाई वितरण गर्नुपर्ने बताइए पनि विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड–१९) ले सिर्जित लक डाउनका कारण ढिलो गरी जिल्ला भित्रिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ( स्याउ जोन मुस्ताङ) ले जिल्लाका किसानको मागलाई सम्वोधन गर्दै उच्चघनत्वको ४ जातका कलमी स्याउका बेर्ना उपलब्ध गराएको हो । स्याउ जोन मुस्ताङले इटालीयन उच्चघनत्वको स्याउ बेर्ना ल्याउन मनाङको एग्रो मनाङ प्राइभेट कम्पनीसंग संम्झौता गरेको थियो । स्याउ जोन र एग्रो मनाङको समन्वनमा इटालीदेखि भारतको कोलकत्ता हुँदै उच्चघनत्वको स्याउ बेर्ना मुस्ताङ ल्याइएको परियोजना कार्यान्वयन इकाई स्याउ जोन मुस्ताङले जनाएको छ । जोनका अनुसार मुस्ताङ ल्याइएका स्याउ बेर्नामा गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजी र गावा जातका छन् ।

स्याउ किसानले उच्चघनत्वको स्याउ बगैंचा व्यवस्थापन गर्न स्याउ जोनको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानी रहने गरी स्याउका बेर्ना झिकाइएको स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले जानकारी दिए । स्थानीय जातका स्याउ बेर्नाभन्दा १० औं गुणा महङ्गो पर्ने उच्चघनत्वको स्याउ बेर्ना विदेशबाट झिकाइएको हो । ढुवानीका कारण महङ्गो पर्ने देखिए पनि यसको उत्पादनले किसानलाई बर्सेनि राहतको महशुस गराउने जोन प्रमुख लम्सालले बताए । मुस्ताङमा स्थानीय जातको स्याउ बेर्नाको मुल्य ७० रुपैयाँ पर्छ भने ईटालीबाट ल्याइएको उच्चघनत्वको स्याउ बेर्नाको मुल्य १ हजार १ सय ५० रुपैयाँ पर्ने देखिन्छ ।

स्याउ जोनले झिकाएको उच्चघनत्वको स्याउ बेर्ना बुधबार नै स्याउ किसान समूहलाई वितरण भएको छ । स्याउ जोन कार्यालयमा सुचिकृत भएका ४ वटा स्थानीय तहका स्याउ किसान समूहलाई बेर्ना वितरण गरेको हो । जसअनुसार लोघेक दामोदरकुण्डमा ३ हजार बेर्ना ,वारागुङ मुक्तिक्षेत्रमा १ हजार २ सय ६० बेर्ना ,घरपझोङमा १ हजार ६ सय ३० बेर्ना र थासाङ गाउँपालिकामा १ हजार ८ सय ६० बेर्ना वितरण गरिएको स्याउ जोन मुस्ताङले जनाएको छ ।

स्थानीय जातका स्याउ बेर्नाको बगैचा व्यवस्थापन गरेको दशौं वर्षपछि फल दिने र त्यसको तुलनामा उच्चघनत्वको स्याउ बेर्नाको बगैचा व्यवस्थापन गरेको दोश्रो वर्षमै फल दिने भएकाले जिल्लाका किसानमा यसको माग बढेको स्याउ जोन मुस्ताङका प्रमुख लम्सालले उल्लेख गरे । परम्परागत स्याउ खेतीभन्दा निकै छिटो र छरितो रुपमा फल दिनसक्ने उच्चघनत्वको स्याउ उत्पादनले किसानलाई व्यवसायिक लाभ दिने उनले बताए । बेर्ना खरिददेखि स्याउ बगैंचा व्यवस्थापनमा सुरुवाति खर्च देखिए पनि यसको उत्पादनले कृषि लाभान्वित हुने जोन प्रमुख लम्सालको भनाइ छ । स्याउ जोनका अनुसार १ उच्चघनत्वको स्याउ बेर्नाले औसत २० केजीदेखि २५ केजीसम्म उत्पादन दिने गर्छ । 

उच्च घनत्वको बेर्ना लगाइएको २५ वर्षसम्म बर्सेनि उत्पादन दिन्छ। १ हेक्टरमा लगाइएको बेर्नाले बर्सेनि ४० टनसम्म स्याउ फलाउँछ । एक हेक्टरमा ३ हजार बेर्ना रोप्न सकिन्छ।  यसपटक जिल्लाका किसानलाई उच्चघनत्वको स्याउ खेतीतर्फ आर्कर्षित गराउन सरकारी तवरबाट पहल भएको जोन प्रमुख लम्साले बताए । मुस्ताङमा करिव १४ सय हेक्टरमा स्याउ खेती गरिएको छ भने ५ सय हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । चालु वर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.