भारतीय सीमाबाट उर्लिन थाल्यो जनसागर

भारतीय सीमाबाट उर्लिन थाल्यो जनसागर

धनगढी : पूर्वअनुमान गरेझैं भारतबाट जनसागर उर्लिन थालेको छ। सुदूरपश्चिमका लागि, लकडाउन अघि झण्डै डेढ लाख मानिस फर्केका थिए। अझै भारतबाट दुईदेखि तीन लाख मानिस फर्किने अनुमान विज्ञले गरेका छन्। 

बुधबार मात्रै ८५० जना नेपाल प्रवेश गरेकोमा बिहीबार समाचार तयार पारुन्जेलसम्म १५ सय नेपाल भित्रिएका छन्। सीमा क्षेत्रमा खटिएका जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बिहीबार ६ बजेसम्म १६ सय आएको बताए। 

भारतमा गौरीफन्टा नाका मात्रै खुलेको भन्ने हल्ला चलेकाले पूर्वको झापाका मानिस पनि गौरीफन्टा नाका भएर फर्किन थालेका छन्। तर भारतबाट फर्किनेको संख्या बढिरहेका बेला प्रदेश र स्थानीय तहको तयारी भने प्रभावकारी देखिएको छैन।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले, भारतबाट नेपाली भित्रिन दिए यहाँको यातायात, क्वारेन्टाइन, आरडीटी टेस्ट र बस्न खानको पुरै व्यवस्था प्रदेश सरकारले गर्ने भनेर पटक पटक अभिव्यक्ति पनि दिएका थिए। तर बुधबार ८५० जनाको थर्मल गनबाट ज्वरो मात्रै मापन गरेर नेपाल आउन दिइएको छ।

‘प्रदेश सरकारले आरडीटी किट छैन, भनेपछि बुधबार थर्मल गनबाट ज्वरो मापन गरेर मात्रै भित्र्याइएको छ’, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले भने। उनले बिहीबार भारतबाट आएकामध्ये कैलाली र कञ्चनपुरबाहेकका जिल्लाका नागरिकलाई मात्रै आरडीटी टेस्ट गरिएको बताए।


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.