मकवानपुरका संक्रमितका परिवारसहित सबैको रिपोर्ट नेगेटिभ

मकवानपुरका संक्रमितका परिवारसहित सबैको रिपोर्ट नेगेटिभ

शुभलक्ष्मी विश्वकर्मा

हेटौंडा : मकवानपुर थाहा नगरपालिका टिष्टुङ देउरालीका कोरोना संक्रमित २८ वर्षीय युवाको परिवारका सदस्यसहित सबैको रिपोर्ट नेगेटिभ आएको छ। ‘संक्रमित युवाकी पत्नी र दुईजना छोरीसहित सबैको रिपोर्ट नेगेटिभ आएको छ’, हेटौंडास्थित आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले भने। 

उनका अनुसार बिहीबार दिउँसो प्राप्त मकवानपुरका-३१ जनाको स्वाब परीक्षणको रिपोर्टमा सबै नेगेटिभ नै छ। थाहा नगरपालिका-११, देउरली घर भएका युवामा कोरोना संक्रमण देखिएपछि उनको परिवारका सबैलाई हेटौंडास्थित आइसोलेसनमा राखी परीक्षण गरिएको थियो। हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा संक्रमितका परिवारका सदस्यहरुको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा बिहिबार रिपोर्ट नगेटिभ आएको हो।

कोरोना संक्रमण नरहेको पुष्टि भएपछि हेटौंडाको आइसोलेसन वार्डमा रहेका ३१ जनालाई डिस्चार्ज गरिएको आइसोलेसन वार्डका इञ्चार्ज चौलागाईंले बताए।

ट्रक चालकको काम गर्दै आएका संक्रमित युवामा जेठ ६ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। गत बैशाख २७ गते थाहा नगरपालिकाबाट काठमाडौं गएका उनी बाफलस्थित डेरामा बस्दै आएका थिए।

किट अभाव, अत्यावश्यकबाहेक जाँच नहुने
हेटौंडाको प्रयोगशालामा शुक्रबारबाट अत्यावश्यकबाहेक आरडीटी र पीसीआरको नमूना संकलन तथा जाँच नहुने भएको छ। 

परीक्षण प्रविधि (किट) थोरै मात्रामा रहेको र थप आउने विषयमा अन्योल नै रहेका कारण तत्काल अत्यावश्यकबाहेक अन्यको नमूना संकलन तथा जाँच गर्न नसकिने हेटौंडास्थित आइसोलेसन वार्डका इञ्चार्ज चौलागाईंले बताए। 

‘पीसीआर प्रविधिको १० वटा र आरडिटी प्रविधिको १६ वटा मात्र हामीसँग छ, थप किटहरु आउने विषयमा अझै जानकारी प्राप्त भएको छैन’, इञ्चार्ज चौलागाईंले भने।

दुई जनामा संक्रमण देखिएसँगै जोखिम बढेको मकवानपुरमा थप प्रविधिका लागि पहल भैरहेको छ। तर, तत्काललाई यसैले काम चलाउन भनेको हुनाले अत्यावश्यकबाहेकको परीक्षण रोक्ने तयारी भएको हो।‘एम्बुलेन्समा आउने बिरामीलाई मात्र जाँच्न सक्ने अवस्था छ, ११ जना भयो भने फिर्ता पठाउनुपर्ने हुन्छ, चौलागाईंले भने, ‘खपत नभएको जिल्लाबाट माग्ने भनिएको छ।  

हालसम्म हेटौंडाको प्रयोगशालामा ३१२ जनाको जाँच भएको छ। रिपोर्ट आउन बाँकी ५ जना आइसोलेसनमा छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.