सुत्केरीलाई हर्लिक्स र अण्डा वितरण
जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिकाले सुत्केरी सुरक्षा कार्यक्रम सुरु गरेको छ । नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु सुत्केरीको भएकाले सुत्केरीमा पोषणको कमि हुन नदिन नगरले सुत्केरी सुरक्षा कार्यक्रमअन्तर पोषणयुक्त खानेकुरा वितरण गरेको हो ।
नगरपालिकाले नगरभरीका सुत्केरीलाई हर्लिक्स र अण्डा वितरण गरेको हो । नगरकापालिकामा बसेको कार्य पालिको बैठकले नेपालमा पहिलो मृत्यु हुने सुत्केरी भएपछि सुत्केरीमा पोषण आहारको कमीले रोगसँग लड्ने क्षमता वृद्घि गर्न पौष्टिक वितरण गर्ने निर्णय गरेको नगर प्रमुख कान्तीका सेजुवालले जानकारी दिए।
नगरपालिकाले सुत्केरी २ सय १५ जना , जेष्ठ नागररिक १२ सय २ जना र आपांग १ सय ५८ जनालाई पोषण कार्यक्रमअन्तरगतको पहिलो चरणमा एक क्यारेट अण्डा र एक बट्टा हर्लिक्स वितरण गरेको छ।