संक्रमित भेटिएको वडामै भीडभाड

संक्रमित भेटिएको वडामै भीडभाड

परासी : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार बिहान एक जना कोरोना संक्रमित भएको पाइएपनि बजार क्षेत्रमा भने भीडभाड घटेको छैन। बजार क्षेत्रमा रहेका बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको भीडभाड बढेको हो। 

संक्रमित भेटिएको वडा ३ बजार क्षेत्र हो। उक्त वडासँगै ५ नं. वडा बजार क्षेत्रमा छ। संक्रमित वडामा मात्र करिब ८ वटाभन्दा धेरै बैंक तथा वित्तिय संस्था छन्। बिहान संक्रमित भएको जानकारी पाएपनि प्रहरी, प्रशासन र स्थानीय तहले बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्न निर्देशन नदिएकाले सर्वसाधारणको भीड बढेको हो। 
जिल्ला सुरक्षा समितिले ति संस्थाहरु नखोल्न निर्देशन दिएपनि नगरपालिकाले खोल्ने निर्णय गरेपछि साताको दुई दिन खोलिएका हुन्। जिल्लामा शुक्रबार मात्रै ३ जना संक्रमित भेटिएका छन्।

अहिलेसम्म जिल्ला सुरक्षा समितिले ति वडाहरुमा आवतजावत रोकेर सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरेको छैन। संक्रमित भेटिएपनि सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर बैंक र वित्तिय संस्थालाई सामाजिक दुरी कायम गरी सेवा सञ्चालन गर्न दिन सकिने नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए। दुरी कायम गर्न नसके खोलिएका संस्थाहरु बन्द गर्ने बारे छलफल गरिने उनले बताए।

निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले प्रशासनले बन्द गर्ने निर्णय गरेपनि नगरपालिकाले खोल्न दिएको बताए। ' हामीले पसल र बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्ने भनेका थियौं। सातामा दुई दिन खोलिएका बैंकहरुलाई सधैं खोल्न दिनु पर्‍यो भनेर आजै दबाब आएको छ।' निमित्त प्रजिअ माझीले भने। पसलहरु भने बन्द भएपनि सर्वसाधारणको आउजाउमा खासै कडाई छैन। संक्रमित वडाहरुको आवतजावतमा पूर्ण रोक लगाउनेबारे सुरक्षा समितिको बैठक बसेर टुंगो लगाउने प्रजिअ माझीले बताए। 

शुक्रबार मात्र रामग्राम नगरपालिका–३ घोडपालीका ३३ वर्षीय पुरुष, वडा नं. १८ पम्फापुरकी १५ वर्षीया किशोरी र सुस्ता गाउँपालिका–५का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमित पाइएको छ। जिल्लामा संक्रमितको संख्या ५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.