कोरोना संक्रमितको गाउँ सिल

कोरोना संक्रमितको गाउँ सिल

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कोरोना संक्रमित पाइएपछि संक्रमितको गाउँ सिल गरिएको छ। नगर क्षेत्रमा सर्वसाधारणको आवतजावतमा कडाई गरिएको छ। संक्रमितका परिवारलाई क्वारेन्टाइनमा पठाइएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए। शुक्रबार नगरपालिका-३ घोडपालीकाका ३३ वर्षीया पुरुष, वडा नं. १८ पम्फापुरकी १५ वर्षीया किशोरी र सुस्ता गाउँपालिका-५का ३५ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको थियो।

शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वडा नं. १८ की किशोरीको गाउँ पम्फापुर र नजिकैको अर्को गाउँ कोटिहवा डाँडालाई सिल गर्ने निर्णय गरेको हो। भारतको राजापुरमा आफन्तको घरबाट फर्केकी किशोरी क्वारेन्टाइनमा नगई आफ्नो घर गएकी थिइन्। कोरोना देखिएपछि संक्रमितको घरमा रहेका ४ जनालाई राष्ट्रिय मावि पंडितपुर क्वारेन्टाइनमा पठाइएको नगर प्रमुख गुप्ताले जानकारी दिए। टोल सिल गरेपछि त्यस क्षेत्रको आवातजावतमा पूर्ण निषेध गरिएको छ। वडा नं. ३ मा देखिएका संक्रमित सोझै क्वारेन्टाइनमा गएकाले उनको टोललाई भने सिल गरिएको छैन। त्यसैगरी सुस्ता गाउँपालिकामा देखा परेका संक्रमित पनि सोझै क्वारेन्टाइनमा पुगेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।   
संक्रमित देखिएपछि सुस्ता गाउँपालिका र रामग्राम नगर क्षेत्रमा सर्वसाधारणको आवतजावतमा कडाई गरिएको छ। नगरवासीलाई ७ दिनसम्म घर बाहिर निस्कन पूर्ण बन्देज लगाइएको नगरप्रमुख गुप्ताले बताए। यसअघि खुलेका बैंक तथा वित्तिय संस्था एक हप्ताका लागि बन्द गरिएको छ। औषधि, खाद्यान्नलगायत अत्यावश्यक सवारीसाधन बाहेकलाई सञ्चालनमा रोक लगाइएको छ। राष्ट्रिय गौरवका आयोजना र कृषि काम भने सूचारु हुने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए। जिल्लामा संक्रमितको संख्या ५ पुगेको छ।

एक संक्रमित आइसोलेसनमा २ जना क्वारेन्टाइनमै
जिल्लामा देखिएका ३ संक्रमितमध्ये १ जनालाई आइसोलेसनमा पठाइएको छ। अन्य २ जना क्वारेन्टाइनमै छन्। सुस्ता गाउँपालिकाका संक्रमितलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा पठाइएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। रामग्राम नगर क्षेत्रका २ संक्रमित भने आदर्श माविको क्वारेन्टाइनमै छन्। पाल्ही बहुमुखी क्याम्पसमा आइसोलेसन निर्माण भइरहेकाले उनीहरुलाई छुट्टै कोठामा क्वारेन्टाइनमै राखिएको नगर प्रमुख गुप्ताले बताए। भोलिसम्म आइसोलेसन निर्माण हुने भएकाले अन्यन्त्र नपठाइएको उनले बताए। नगरपालिकाले ३५ बेडको आइसोलेसन निर्माणको तयारी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.