विदेशमा दुई सय बढी नेपालीको शव अलपत्र

विदेशमा दुई सय बढी नेपालीको शव अलपत्र

काठमाडौं  : वैदेशिक रोजगारीमा ज्यान गुमाएका दुई सय सातजनाको शव अलपत्र परेको छ । कोरोना भाइरस (कोभिड- १९) का  कारण अधिकांश देश लकडाउनमा भएकाले शव नेपाल ल्याउन नसकिएको हो ।

 
वैदेशिक रोजगार बोर्डका अनुसार लकडाउन सुरु भएदेखि दुई सय सात जनाले ज्यान गुमाएकामा १० जना कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण संयुक्त अरब इमिरेट्समा पाँच जना, साउदी अरबमा ३, कतारमा एक, टर्कीमा एक जनाले ज्यान गुमाएका छन् । 

बोर्डका अनुसार लकडउन अवधिमा युएईमा ४६, साउदीमा ४९, मलेसियामा ४४, कतारमा ४१, कुवेतमा ११, बहराइनमा ३, सेसेल्समा १, दक्षिण कोरियामा ३, ओमानमा १ र अन्य देशमा ६ जना नेपाली कामदारको मृत्यु भएको छ । 

लकडउनका कारण शव ल्याउन समस्या भएपछि बोर्डलेसम्बन्धीत देशमै अन्त्येष्टी गर्न प्रेरित गरिरहेको छ । उसले परिवारका सदस्यसँग सहमति लिएर सोही देशमा अन्टेष्टी गर्ने नीतिगत निर्णयसमेत गरिसकेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री स्तरीय निर्णयबाट बोर्डले विदेशमा मृत्यु भएकाको शव सोही देशमा अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना तथा राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । 

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार  ५८ जनाको परिवारले सहमति दिएकाले सोही देशमा अन्टेष्टी गरिने बताए । अरु परिवारसँग पनि सहमति खोजिएको र नमाने सहज अवस्था आएपछि मात्र शव ल्याउन प्रक्रिया सुरु हुने बोर्डले जनाएको छ । 

बोर्डका अनुसार युएईका ३२, साउदीको सात, मलेसियाको दुई, कतारको ६, बहराइनको एक,. सेसेल्सको एक, दक्षिण कोरियाको तीन, जोर्डनको एक र अन्य देशमा मृत्यु भएका पाँचजनाको परिवारले सहमति जनाएका छन् । खाडीसहित मलेसियामा कार्यरत झण्डै दुई हजार नेपाली कोरोनाबाट संक्रमित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.