जुम्लामा कोरोना जोखिम बढेपछि न्यायिक सक्रियता

जुम्लामा कोरोना जोखिम बढेपछि न्यायिक सक्रियता

काठमाडौं : उच्च अदालत जुम्लाले कोरोनाका कारण जुम्लामा उच्च जोखिम देखिएपछि भारत र तेस्रो मुलुकबाट भित्रिएका सबै नागरिकको विवरण संकलन गरी शीघ्र परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, चन्दननाथ नगरपालिका र जुम्लाका आठ गाउँपालिकालगायत निकायका नाममा आदेश जारी गरिएको छ । उच्च अदालतका वरिष्ठतम न्यायाधीश रत्‍नबहादुर बागचन्द र न्यायाधीश राकेशकुमार निधिको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

अधिवक्ता एवं नेपाल बारका पूर्वकेन्द्रीय सदस्य पदमबहादुर शाहीले अघिल्लो साता रिट दायर गरेका थिए । उनले रिटमा १०–१२ हजारको संख्यामा भारतलगायत मुलुकबाट नागरिक जुम्लामा भित्रिएको प्रारम्भिक तथ्यांकसहित उच्च जोखिम दर्शाएका थिए । भारत र तेस्रो मुलुकबाट भित्रिएका नागरिकको वास्तविक अवस्थाबारे यकिन विवरण नभएको जिकिर रिट निवेदक शाहीको थियो ।

अदालतले उनीहरू सबैको पीसीआर परीक्षण गर्न र लगत संकलन गर्न भनेको छ । लगत संकलन स्थानीय तहका वडा सदस्यहरू तथा कर्मचारीमार्फत गर्नुपर्नेछ । अदालतले नै नमुना फारम तय गरी तहमा पठाएको छ । आदेशअनुसार तहहरूले आफ्नो क्षेत्रको तथ्यांक एकीकृत रुपमा तयारी पारी १५ दिनभित्र अदालत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत निकायमा पेस गर्नुपर्नेछ ।

विदेशबाट आएकाहरू, उनीहरूका परिवारका सदस्य र उनीहरूको भौतिक सम्पर्कमा आएका व्यक्तिको स्वास्थ्य जाँच गरी कोभिड–१९ संक्रमण भए÷नभएको पत्ता लगाई आवश्यकताअनुरूप क्वारेन्टाइन, होम क्वारेन्टाइन वा आइसोलेसनमा राख्‍ने व्यवस्था गरी अनुगमन प्रतिवेदन १५–१५ दिनमा अदालतमा बुझाउन भनिएको छ । यस्तै राहत वितरण, उद्धार कार्य र क्वारेन्टाइन स्थापना, सञ्चालन र व्यवस्थापनमा अनियमितता हुन नदिन खर्च प्रणालीमा पारदर्शिता कायम गर्नुपर्ने पनि आदेशमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.