बारामा एक महिलामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

बारामा एक महिलामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

बारा : बाराको करैयामाई गाउँपालिका - ५ की एक महिलामा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ३७ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो।

कोरोना पुष्टि भएकी महिला जेठ ५ मा कोरोना संक्रमण देखिएका संचारकर्मीका श्रीमती हुन्। स्थानीय रेडियोमा कार्यरत संचारकर्मीमा कोरोना देखिएपछि उनको परिवारलाई करैयामाई गाउँपालिकाको क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गरिएको थियो।

उनको दुई छोरा र एक छोरीको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। संक्रमित महिलालाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

बारामा महिलालाई कोरोना पुष्टि भएको यो पहिलो हो। यो सँगै बारामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ। यसअघि सिम्रौनगढ नगरपालिकाका ७, जीतपुरसिमराका उपमहानगरपालिकाका १, बिश्रामपुर गाउँपालिकाका १, जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवान र एक संचारकर्मीमा कोरोना संक्रमण देखिएको थियो।

सिम्रौनगढमा शुक्रबार मात्रै ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये ८ जनालाई कलैया अस्पताल र अन्य तीनलाई वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.