क्वारेन्टाइन अव्यवस्थित भएको भन्दै स्थानीयको विरोध

क्वारेन्टाइन अव्यवस्थित भएको भन्दै स्थानीयको विरोध

भैरहवा : रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्थापना गरिएको क्वारेन्टाइन अव्यवस्थित रहेको भन्दै स्थानीयले विरोध गरेका छन् । गाउँपालिका वडा नम्बर ६ मा स्थापना गरिएको बोगडी मा.वि क्वारेन्टाइनका कर्मचारीहरुको लापरवाहीले जोखिम बढेको भन्दै स्थानीयले विरोध प्रर्दशन गरेका हुन् ।

क्वारेन्टाइनमा रहेका कर्मचारी राति घर सुत्न जाँदा क्वारेन्टाइनमा रहेका व्यक्ति बाहिर हिँड्डुल गर्ने गरेको स्थानीयको दावी छ । पाँच दिनअघि स्थापना गरिएको क्वारेन्टाइनमा ७० जना छन् । क्वारेन्टाइनको लापरवाहीबारे गाउँपालिका अध्यक्ष र वडाअध्यक्षलाई गुनासो पोख्दा कुनै सुनुवाई नभएको स्थानीय निशान्त पाण्डेले बताए ।

‘क्वारेन्टाइन निर्माण भएदेखि लापरवाही भइरहेको छ’, स्थानीय पाण्डेले अन्नपूर्णसँग भने, ‘सुधारका लागि जनप्रतिनिधिलाई आग्रह गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर प्रर्दशनमा उत्रिएका हौँ ।’

उनले क्वारेन्टाइनमा रहेका व्यक्तिले खेर गएका खाना प्लाष्टिकमा हालेर क्वारेन्टाइनबाहिर फ्याक्ने गरेको र बचेको खाना क्वारेन्टाइनका कर्मचारीले असुरक्षित रुपमा घर ल्याउँदा समुदायमा संक्रमणको जोखिम बढेको बताए । वडाअध्यक्षले नै क्वारेन्टाइनबाट अवधि नपुगेको व्यक्तिलाई राति मोटरसाइकलमा राखेर घर पुर्याउने गरेको उनको दावी छ ।

कोटहीमाई गाउँपालिका मर्चवार क्षेत्रमा पर्दछ । मर्चवार क्षेत्रमा कोटहीमाईसँगै, मर्चवारी र सम्मरीमाई गाउँपालिका पर्दछन् । यी तीनवटै भारतसँग सीमा जोडिएका तह हुन् । यी तीनै तहमा सधैं भारतबाट लुकिछिपी आउने क्रम जारी छ । र, मर्चवारमा संक्रमित फेला परिरहेका छन् ।

कोटहीमाई गाउँपालिकाका प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले स्थानीयले लगाएको आरोपहरु निराधार भएको भन्दै क्वारेन्टाइन स्थापनाले संक्रमण फैलिने अफवाह फैलाउनेहरुले अहिले विरोध गरेको आरोप लगाए । गाउँपालिका अध्यक्षविरुद्ध केही व्यक्तिहरुले राजनीति गरिरहेको उनको भनाइ छ ।

उनले असन्तुष्ट स्थानीयसँग छलफल हुने र क्वारेन्टाइनमा केही कमी कमजोरी भए सच्चाएर अघि बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.