कोरोना संक्रमितको बिचल्ली

कोरोना संक्रमितको बिचल्ली

परासी : आइसोलेसन नहुँदा पश्चिम नवलपरासी जिल्लाका दुई संक्रमित दुई दिनदेखि क्वारेन्टाइनमै बस्न बाध्य छन्। स्थानीय तह र प्रदेश सरकार कसैले पनि उनीहरुलाई आइसोलेसनमा पठाउन वास्ता गरेको छैन्। उनीहरु संक्रमितले पाउने उपचार सेवाबाट समेत वञ्चित छन्। संक्रमित भएको जानकारी पाएका उनीहरुलाई थप उपचारका लागि आइसोलेसनमा नपठाउँदा उनीहरु मानसिक रुपमा त्रसित हुन थालेका छन्। नगरपालिकाले आइसोलेसन निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारको भएकाले आफूहरुले बनाउन नसक्ने जनाएपछि संक्रमित बिचिल्लीमा परेका हुन्।

शुक्रबार बिहान जिल्लामा थप ३ जना संक्रमित देखिएका थिए। तिमध्ये रामग्राम नगरपालिकामा देखिएका दुई संक्रमितलाई क्वारेन्टाइनमै राखिएको छ। सुस्ता गाउँपालिकामा देखिएका संक्रमितलाई भने गाउँपालिकाले भीम अस्पताल भैरहवाको आइसोलेसनमा पठाएको छ। दुई जनालाई रामग्राम नगरपालिकाको परासीस्थित आदर्श माविको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ। संक्रमितलाई राखिएपछि शुक्रबार राति क्वारेन्टाइनमा राखिएका अन्यले संक्रमण फैलिने भन्दै अन्यन्त्र लैजानु पर्ने माग राखेर  नाराबाजी गरेका थिए। उनीहरुलाई छुट्टै कोठामा राखिएको नगरपालिकाले जनाएको छ। क्वारेन्टाइनमा संक्रमितसहित ३२ जना छन्।  बुटवल र भैरहवामा आइसोलेसन खाली नभएकाले पठाउन नसकिएको बताइएको छ।

'तराईका जिल्लामा २ सय पहाडमा ५० बेडको आइसोलेसन बनाउने प्रदेश सरकारले नीतिगत निर्णय गरेको छ। हाम्रो जिम्मेवारीमा पर्दैन। त्यसको व्यवस्थापन गर्न हामी सक्दैनौं' रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले भने। दुई दिनदेखि क्वारेन्टाइनमा रहेका संक्रमितलाई प्रदेश सरकारले नै लगेर व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ। क्वारेन्टाइनमा राखेका कारण अन्य व्यक्तिहरु त्रसित बनेको र अन्यन्त्र लैजानुपर्ने माग राख्न थालेको गुप्ताले बताए। आइसोलेसन नभएकाले संक्रमितको जिम्मा आफूहरुले नलिने नगरप्रमुख गुप्ताको भनाई छ। 'हामी जिम्मेवारीबाट पन्छिन खोजेका होइनौं। जसरी प्रदेश सरकारले क्वारेन्टाइन बनाउन भन्यौ हामीले बनायौं, त्यसैगरी लिखित रुपमा आइसोलेसन व्यवस्थापनका लागि पनि पत्रचार गर्नुपर्‍यो। लेखेर पनि नदिने व्यवस्थापन पनि नगर्ने? प्रदेश सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको छ' उनको आरोप छ। संघ र प्रदेश सरकारले हात उठाए आफूहरुले आइसोलेसन बनाउने तर त्यसका लागि आवश्यक पर्ने जनशक्ति र सुरक्षाको जिम्मा संघ र प्रदेशले उपलब्ध गराउनु पर्ने उनको भनाई छ। जिल्लामा संक्रमितको संख्या ५ पुगेको छ। जिल्लामा आइसोलेसन नभएकाले अन्य तीन जनालाई भीम अस्पताल भैरहवामा पठाइएको छ। उनीहरु सबै भारतबाट आएका हुन्। शनिबार बिहानसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ८ सय ३८ रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए।  जिल्लामा अहिले पनि भारतबाट आउनेको संख्या बढ्दो छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.