संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन

संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन

बैतडी : बैतडीका कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ४६ जनाको थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइएको छ। जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो। प्रहरी हिरासतमै रहेका युवकमा कोरोना संक्रमण पुष्टी भएपछि ती युवकसंग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ जना प्रहरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत १ जना कर्मचारी, जिल्ला अदालतमा कार्यरत १२ जना कर्मचारी र जिल्ला अस्पतालका एकजना चिकित्सकको स्वाब संकलन गरिएको उनले बताए। यस्तै संक्रमित युवक शिवनाथ गाउँपालिका भएकाले ती युवकको सम्पर्कमा आएका शिवनाथका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उनका आफन्त गरेर ३२ जनाको स्वाब संकलनका लागि भीटीएम पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। उनले भने ‘शिवनाथका व्यक्तिहरुको स्वाब भने आइतबार मात्रै धनगढी पठाइने छ।’

थुनामा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो। ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब संकलन गरिएको हो भने बयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको हो।

संक्रमित युवक गएको चैत ६ गते भारतको नयाँदिल्ली गुडगाउँबाट स्वदेश फर्केका बताइएको छ। भारतबाट ती युवकको दुई पटक आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएको भएपनि शुक्रबार पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। संक्रमित युवकको स्वास्थ्य अवस्था भने समान्य रहेको जिल्ला अस्पतालले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.