अनधिकृत रुपमा नक्सा छापेर बिक्री गरे कारवाही

अनधिकृत रुपमा नक्सा छापेर बिक्री गरे कारवाही

काठमाडौं : नापी विभागले अनाधिकृतरुपमा लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा छपाई गरी विक्री वितरण गरेमा कारवाही गर्ने जनाएको छ। 

नेपालको नयाँ नक्सा अनधिकृतरुपमा छपाई तथा विक्री वितरण गरे कानुनी कारबाही हुने विभागले जनाएको छ। यसरी नक्सा छाप्नु र विक्री गर्नु दण्डनीय  भएको भन्दै विभागले बिना स्वीकृति अनधिकृत तवरले छपाई र विक्री वितरण नगर्न/नगराउन आग्रह गरेको हो। 

कानुन विपरित कसैले नक्सा छपाई तथा वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने विभागका महानिर्देशक प्रकाश जोशीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख। 

स्रोत नखुलेको, नक्साको आधारभूत विषय (हेड्रिङ, स्केल, लिजेन्ड, टेस्क) प्रयोग नभएको र प्रशासनिक तथा राजनीतिक सीमासमेत नमिलेका नक्सा  सामाजिक संचाल एवं विभिन्न संचार माध्यममा प्रयोग भइ जनमानसमा भ्रम सिर्जना भएको भन्दै विभागले यस प्रकारका नक्सा समाजिक सञ्जाल तथा संचारमाध्यममा प्रयोग नगर्न निर्देशन दिएको छ। 

विभागको  वेवसाइटमा राखिएको नक्सा मात्र प्रयोग गर्न अपील गरिएको छ। विज्ञप्तिमा मन्त्रिपरिषदको जेठ ५ को बैठकबाट स्वीकृत नेपालको (राजनीतिक तथा प्रशासनिक) को छपाई कार्य  भइरहेकोले छिटै सर्वसुलभ वितरणमा ल्याइने समेत जानकारी गराइएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.