नाकाको कडाइले संक्रमित समुदायमा पुग्न पाएनन्

नाकाको कडाइले संक्रमित समुदायमा पुग्न पाएनन्

सुर्खेत : कोरोना संक्रमणलाई समुदाय स्तरमा फैलिन नदिन कर्णालीमा नयाँ रणनीति अपनाइएको छ। पछिल्लो समय भारतबाट फर्किनेसँगै कर्णालीमा कोरोना भित्रिन थालेको छ। योसँगै प्रदेश सरकारले समुदाय स्तरमा संक्रमण फैलिन नदिन नाकामै कडाइ गरेर संक्रमितको पहिचान गर्न थालेको हो।

प्रदेश भित्रिने मुख्य नाकामा अनिवार्य आरडीटी परीक्षण गरेर शंकास्पदको पहिचान गर्न थालिएको छ। आरडीटी रिपोर्ट पोजेटिभ आएकालाई सुर्खेतमै रोकेर प्रदेश सरकारले पीसीआर परीक्षण गर्ने गरेको छ। 

यसले संक्रमित समुदायसम्म पुग्न पाएका छैनन्। कर्णालीमा शनिबारसम्म संक्रमितको सख्या चार पुगेको छ। जसमध्ये सुर्खेतका तीन र दैलेखका एक जना छन्। उनीहरु समुदायमा पुग्न नपाउँदै कोरोना पुष्टि भएर आइसोलेसनमा भर्ना भएका छन्।

    
भारतमा रेल संचालनमा आएसँगै मजदुरीका लागि गएका कर्णालीबासी सिमामा आउन थालेका छन्। उनीहरुलाई प्रदेश सरकारले उद्दार पनि सुरु गरेको छ। उद्दार गरिएकाहरुलाई प्रदेश भित्रिने नाकामा आरडीटी परीक्षण गरेर मात्र प्रवेश गराउने गरिएको हो। 

प्रदेश भित्रिने मुख्य नाका बबईबाट मात्र पछिल्लो पाँच दिनमा करिब तीन हजार कर्णालीबासी भारतबाट भित्रिएका छन्। उनीहरुमध्ये शनिबारसम्म २७ जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए।

आरडीटी रिपोर्ट पोजेटिभ आएकालाई वीरेन्द्रनगरमा रहेको क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्ने गरिएको छ। जसमध्ये शनिबार मात्र सुर्खेतको बराहतालका दुई र चौकुने गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नाकामै आरडीटी परीक्षण गरेर निगरानीमा राखिएका कारण समुदायसम्म संक्रमण पुग्न नपाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 
‘दैलेखमा क्वारेन्टाइनमा रहेका युवामा संक्रमण पुष्टि भएको हो, उनी समुदायसम्म पुग्न पाएनन्’, सामाजिक विकासमन्त्री दल रावल भन्छन्, ‘हामीले नाकामै कडाइ गरेका कारण सुर्खेतमा पनि संक्रमित समुदायसम्म पुग्न पाएनन्, प्रदेश सरकारको मुख्य रणनीति भनेकै संक्रमणलाई समुदायमा फैलिन नदिने नै हो।’

प्रदेश भित्रिने मुख्य नाका बबई, कुइने र कपुरकोट नाकामै कडाइ गरिएको छ। सबैभन्दा बढी बबई नाकाबाट भारतबाट आएका भित्रिने गरेका छन्। बबई नाकाबाट आएकामध्ये शंकास्पद रिपोर्ट आएकालाई वीरेन्द्रनगरमै रोकेर तत्काल पीसीआर परीक्षण गर्ने गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाकाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले भने,‘नाकामै कडाइ गर्दा संक्रमित समुदायमा छिर्न पाएका छैनन्, यसकारण पनि कर्णालीमा त्रसित हुनुपर्ने अवस्था छैन।’ उनका अनुसार नाकामा आरडीटी रिपोर्ट नेगेटिभ आएकालाई भने क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गराउने शर्तमा सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको छ।

यसैबीच प्रदेश सरकारले कोरोना नभएकालाई मात्र नाकाबाट प्रवेश दिने व्यवस्था गर्न केन्द्र सरकारलाई आग्रह गरेको छ। भारतबाट भित्रिने नागरिकसँगै कोरोना पनि भित्रिन थालेको भन्दै प्रदेश सरकारले नाकामै परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको हो। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले भारतबाट दिनहुँ कर्णालीबासी भित्रिन थालेको भन्दै उनीहरुको नाकामै परीक्षण गर्ने व्यवस्था मिलाइदिन केन्द्र सरकारसँग माग गरेको छ। साथै बैठकले भारतबाट आएकाहरुको अनिवार्य पीसीआर परीक्षण गर्ने निर्णय पनि गरेको छ।     
    
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.