बर्दियाका संक्रमितलाई उपचारका लागि दाङ ल्याइयो
दाङ : दाङमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितको सख्या बढ्दै गएको छ। अहिले अस्पतालमा चार जिल्लाका १८ जनाको उपचार भइरहेको छ।
शनिबार मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परिक्षण भई पोजिटिभ देखिएका बर्दियाका १९ वर्षीय पुरुषलाई उपचारका लागि कोरोना विशेष अस्पतालमा ल्याइएको छ।
अस्पतालमा कपिलवस्तुका ६ जना, बाँके नरैनापुरका ८ जना, दाङका ३ जनाको उपचार भइरहेको छ। शनिबार बर्दियाका एकजना आएपछि बिरामीको सख्या १८ पुगेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।
उनले सबै सक्रमितको अवस्था सामान्य रहेको जानकारी दिए। बेल्झुण्डी कोरोना अस्पताल एक सय आइसोलेसन वेड छन्।