संक्रमितको सम्पर्कमा रहेका सुनसरीमा ३६ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'
इटहरी : इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा कोरोना संक्रमितको सम्पर्कमा रहेका ३६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । इटहरी २ का कोरोना संक्रमित युवकका आफन्तको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा २० जनाको रिपोर्ट नेगेटिभ आएको इटहरी अस्पताल इमेरजेन्सी विभाग प्रमुख रामकुमार धमलाले जानकारी दिए ।
संक्रमित युवा अहिले कोभिड १९ अस्पताल विराटनगरमा उपचार गराइरहेका छन् । उनको पनि अवस्था सामान्य छ । यस्तै यता बराहक्षेत्र नगरपालिका ११ मधुवन हावैमहलका रहेका सशस्त्र प्रहरी पोस्टका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
त्यहाँ कार्यरत पथरीका एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टी भएपछि जेठ ६ गते पोष्टमा कार्यरत १४ जनासहित १६ जनाको पीसीआर टेस्ट गरिएकोमा सबैको नेगेटिभ आएको बराहक्षेत्र ११ मधुवनका वडाध्यक्ष केदार विष्टले जानकारी दिए ।