भारतबाट आएका कालिकोटका २३ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

भारतबाट आएका कालिकोटका २३ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

कालिकोट :  भारतबाट आएका कालिकोटका २३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको पचालझरना गाउँपालिका  ८ स्थित बिद्यामन्दस् आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका भारतबाट फर्किएका २३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।  

जिल्लामा हालसम्म जम्मा ७ सय ३५ जनाको कोरोना संक्रमणको आशंकामा पीसीआर जाँच गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार ती सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार पछिल्लो समय भारतबाट फर्किएका जिल्लाको पचालझरना गाउँपालिका ८ का २३ जना स्थानीय नागरिकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले अहिलेसम्म जिल्लामा कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण नदेखिएको बताए ।  

उनका अनुसार यसअघि जिल्लाको खाँडाचक्र नगरपालिकामा १ सय १० जना, रास्कोट नगरपालिकामा ९४ जना, तिलागुफा नगरपालिकामा ७५ जना, पलाँता गाँउपालिकामा ३३ जना, पचालझरना गाँउपालिकामा १ सय जना, सान्नीत्रिवेणी गाँउपालिकामा ८६ जना, नरहरीनाथ गाँउपालिकामा ८३ जना, शुभकालिका गाँउपालिकामा ८२ जना र महाँवै गाँउपालिकामा ७१ जनाको स्वाब संकलन गरी पीसीआरजाँच गरिएको थियो । 

स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतका अनुसार जिल्लामा ५ सय ९ जनाको र्‍यापिड टेस्ट गरिएको छ । ती सबैको पनि रिपोर्ट नेगेटिभ आएको छ ।  परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले हालसम्म कालिकोट कोरोना मुक्त जिल्ला रहेको उनको भनाई छ । प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले पछिल्लो समय भारतबाट फर्किन थालेका मानिसहरुलाई लक्षित गरी क्वारेन्टाइनलाई व्यवस्थित बनाउन पहल गरिएको बताए ।

उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहसँग समन्वय गरी पछिल्लो समय विदेशबाट फर्किने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा बसाल्ने र स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।  जिल्लाको रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले पछिल्लो समय भारतलगायतका विभिन्न मुलुकबाट फर्किने स्थानीय नागरिकका लागि एक हजार क्वारेन्टाइन बेडको व्यवस्था गर्न लागिएको बताए ।

उनले भने,' गाउँमा रहेका विद्यालयमा स्थानीयले क्वारेन्टाइन बनाउन नदिएपछि गाउँबाट टाढा रहेका नयाँ भौतिक संरचना नै निर्माणको कार्य सुरु गरिएको छ ।  एक सय जनाका लागि तयार भइसकेको छ । बाँकी एक हप्ताभित्र बनाइसक्ने नगरको लक्ष्य छ । जिल्लाका अन्य स्थानीय तहमा पनि भारतबाट फर्किने नागरिकलाई लक्षित गरी क्वारेन्टाइनको व्यवस्थापन गर्न थालिएको छ । जिल्लामा भारतबाट मात्र ७ हजार बढी जिल्ला भित्रिने स्थानीय सरकारको अनुमान छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.