कुन प्रदेशमा कति कोरोना संक्रमित ?
काठमाडौं : नेपालमा हालसम्म ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार मात्र थप १९ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाए।
प्रवक्ता देवकोटाका अनुसार हालसम्म ४२ जिल्लामा कोरोना संक्रमण देखिएको छ।जसमध्ये प्रदेश १ का ७ जिल्लाका ८६ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश २ का ८ वटै जिल्ला संक्रमित भएका छन्। प्रदेश २ मा १७९ जनामा कोरोना पुष्टि भएको छ।त्यस्तै बागमती प्रदेशका ११ जिल्लामा ३४ जना संक्रमित भएका छन्।
यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना संक्रमित भएका छन्। प्रदेश ५ का ७ जिल्लाका २८१ जनामा भाइरसको संक्रमण देखिएको छ भने कर्णाली प्रदेशका २ जिल्लामा ४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना गरी जम्मा ४२ जिल्लामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी आइतबार १७ जनाले कोरोना जितेका छन्।कोरोना जित्नेमा वीरगन्जको नारायण अस्पतालमा ७ जना र बुटवलको धागोकारखानामा १० जना गरी १७ जनाले कोरोना जितेको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताए।नारायणीमा डिस्चार्ज हुनेमा बारा पर्सा र रौतहटका स्थानीय हुन्। यो सहित निको हुनेको संख्या ८७ पुगेको छ।३ जनाको भने मृत्यु भएको छ।