सुदूरपश्चिममा एकजनामा कोरोना पुष्टि
धनगढी : जेठ ११ गते आरडीटी पोजिटिभ आएर सेती प्रादेशिक अस्पतालको आइसोलेनशन वार्डमा राखिएका अछामका ३२ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । उनी जेठ ८ गते गौरीफन्टा नाका भएर फर्किएका थिए । उनको सीमा क्षेत्रमै गरिएको आरडिटी टेस्ट पोजिटिभ आएको थियो ।
त्यसपछि सेती प्रादेशिक अस्पतालमा थ्रोट स्वाव संकलन गर्दा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । उनको स्वास्थ्य अवस्था समान्य रहेको छ।
यसअघि धनगढी प्रयोगशालामै परीक्षणका क्रममा शुक्रबार ५ र शनिबार ४ जनामा कोरोना पुष्टि भएको थियो । शनिबार कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषको पनि सेतीमै उपचार भइरहेको छ ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ । १५ मध्ये ५ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !