आरजु राणाले दिइन् वीर अस्पताललाई स्वास्थ्य सामग्री
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवं पूर्व सांसद डा.आरजु देउवा राणाले वीर अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् । उनले अस्पताललाई २५ सेट पीपीई, सर्जिकल मास्क, फेस सिल्डलगायतका स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।
आइतबार नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । वीर अस्पतालको क्यान्सर वार्डकी विशेषज्ञ चिकित्सक सन्ध्या चापागाईंलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको नेविसंघ नेता शेर्पाले जानकारी दिए ।
काङ्ग्रेस नेतृ राणाले सुदूरपश्चिमका विभिन्न अस्पतालमा पनि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी थिइन् ।