केटी लिन गएका एक जनाको शव भेटियो

केटी लिन गएका एक जनाको शव भेटियो

जाजरकोट :  रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये एक जनाको शव २५ किलोमिटर तल भेरीको किनारमा फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । 

बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहानै भेरी किनारमा भेटिएको थियो । मृतक नवराजकी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ वर्षीया सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्र्याउन शनिबार  १९ जना युवासहित गाउँ पुगेका बेला वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको  र अन्य ६ जना बेपत्ता भएको पीडीतले बताएका छन् । 

सुस्माले बोलाएपछि उनलाई लिन नवराजसहितको युवाको समूह सोती पुगेको थियो । उनीहरु आएका थाह पाएपछि केटीका आमाबुवाले  गाउँलेलाई बोलाएर  आक्रमण गरी लखेटेर हत्या गरेको पीडित पक्षको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

मृत्यु भएपछि प्रहरीले चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका (बुवा) वीरबहादुर मल्ल र आमा  प्रकाशी मल्लसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ । घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी रहेको  प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए ।

प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका  वडा नम्बर ४ का गणेश विक,  भेरी नगरपालिका वडा नम्बर ११ का  लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र  पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका  वडा नम्बर १ का  टीकाराम सुनार बेपत्ता छन् । तीमध्ये एक जनाको शव हुन सक्ने भएकोले सल्यानको राघेचौरको प्रहरीलाई जानकारी गराएको प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए ।  प्रहरी नायव उपरीक्षक श्रेष्ठले शवको पहिचान परिवारलाई देखाएपछि मात्र हुने बताए ।

नवराजसहितको युवा समूहलाई कथित तल्लो जातका केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरी लखेटेको स्थानीयको भनाइ छ । केटीपक्षले भने केटीको उमेर नपुगेको र  केटीले विवाहको लागि अस्वीकार गरे पनि जर्वजस्ती लान खोज्दा विवाद भएको दाबी गरेका छन्। घटनापछि प्रहरी सम्पर्कमा गएका  १२ जनामध्ये भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का गम्भीर घाइते भएको  प्रहरीले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे गहिरो अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.