थामिएन नाकामा नेपाल फर्किनेको लर्को

थामिएन नाकामा नेपाल फर्किनेको लर्को

धनगढी : सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ। कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार करिब चार हजार नागरिकको उद्दार गरिएको छ। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका अनुसार आइतबार तीन हजार ९ सय ८८ जनाको उद्दार गरिएको हो। 

यो संख्या लकडाउनपछि एकै पटक, एकै नाकाबाट भित्र्याइएको सबैभन्दा बढी हो। अझै नेपाली आउनेक्रम जारी छ। भारतको पलियामादेखि दुई तीन सय चढेका गाडी हिँडिसकेको खबर आएको सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले बताएका छन्।

शनिबार मात्रै २५ सय ७९ जना नेपाली नागरिक भित्रिएका थिए। आइतबार पनि सीमा नाकाको अवस्था अस्तब्यस्त रह्यो। दुई देशका स्थानीय प्रशासनका अधिकारीबीच भएको सहमति अनुसार आइतबार पनि दिउँसो १२ बजेदेखि नाका खुला गरिएको हो। 

भारतबाट घर फर्किनेको संख्या दिनानुदिन बढिरहेका बेला, यसअघिको जत्तिको तयारी पनि सीमा क्षेत्रमा हुन सकेको छैन। शनिबार अघि भारतबाट आएकाको नाम ठेगानासहितको तथ्यांक राखिएकोमा, शनिबारबाट भने जिल्लाको नाम मात्रै टिपेर आउन दिने गरिएको छ।

‘यत्रो संख्यामा नागरिक फर्किरहेका छन्, १२ बजेपछि सीमा नाका खोलिन्छ, अनी नाम ठेगाना टिप्ने गरे त रातभर पनि सकिन्न’, सीमा नाकामा खटिएका एक सुरक्षा अधिकारीले भने, ‘दुई दिनदेखि जिल्ला मात्रै टिप्ने गरिएको छ।’

सीमानाकामा आएका र स्थानीय तहका जनप्रतिनिधिसँग पहुँच भएका फटाफट गाडी गरेर गन्तव्यतिर लागि रहेका छन् भने सामान्य नागरिक नेपाल छिरेपनि आफ्नो पालिका जान भौंतारिने गरेका छन्। 

‘पहुँचवालाका स्कारपपियो आइसके, पालिकाले सञ्चालन गरेका बस आइसके तर हाम्रो भने वडा अध्यक्षको पनि फोन स्वीच अफ गरिएको छ’, डडेलधुराको भागेश्वर गाउपालिकका रमेश विकले भने।

शनिबार अघि सीमा क्षेत्रमा थर्मल थनले ज्वरो मापन गरेर आइसोलेसनमा राखिएका १२ जना मध्ये पाँच जनामा कोरोना संक्रमण देखिएको छ। तर तीन चारजना सुरक्षाकर्मी लगाएर सीमामा ज्वरो मापनको पनि पनि कार्य गरिएको छैन। 

प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सीमा क्षेत्रमा आरडीटी गर्नुको कुनै अर्थ नरहेको बताए। ‘१४ दिनको क्वारेन्टिनका बेला पनि आरडीटी गर्नुै पर्छ, त्यसैले सीमा क्षेत्र गर्नुको कुनै अर्थ छैन’, उनले भने। तर क्षेत्रीय स्वास्थ्य निर्देशनालयले भने भारतबाट फर्किरहेको संख्याका लागि आरडीटी नै मौज्दात नरहेको जनाएको छ।

‘मन्त्री त के भन्छन था छैन, तर आरडीटीको मौज्दात थोरै छ, माग गरेपनि संघीय सरकारले पठाइ दिएको छैन, यसअघि आएर क्वारेन्टाइनमा  बसिरहेका पहाडी जिल्लाका नागरिकको पनि आरडीटी नभएकाले उनीहरु घर जान सकेका छैनन्’, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका एकजना अधिकारीले भने, ‘नाम नलेखिदिनु होला, फेरि मन्त्रीका स्पष्टिकरण आइ हाल्छन्।’   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.