तामाकोशीले बगाउँदा दुई युवा बेपत्ता

तामाकोशीले बगाउँदा दुई युवा बेपत्ता

चरिकोट : आइतबार दोलखाको मुख्य नदी तामाकोशीले बगाउँदा दुई युवा बेपत्ता भएका छन् । छुट्टाछुट्टै घटनामा माछा मार्ने क्रममा ३६ वर्षीय र पौडी खेल्ने क्रममा १९ वर्षीय युवालाई तामाकोशी बगाएर बेपत्ताबनाएको प्रहरीले जानकारी दिएको छ।

आइतबार दिउँसो करिब साढे १ बजे तामाकोशीको चैतेघाट क्षेत्रमा माछा मार्ने क्रममा चिप्लिँदा मेलुङ गाउँपालिका–१, पवटीका ३६ वर्षीय दिपक भुजेललाई बगाउँदा बेपत्ता भएको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए । बेपत्ता भुजेलसँगै माछा मार्न गएका बुबा र भाइले खबर गरेपछि पुगेको प्रहरी टोली र स्थानीयले उनको खोजतलास  गरिरहेका छन् ।

आइतबार दिउँसो करिब १ बजे कालिञ्चोक गाउँपालिका–७, सुनखानीको ठूलाखेत निवासी १९ वर्षीय नवराज पौडेल तामाकोशीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रवक्ता निरीक्षक बोहराले जानकारी दिए । प्रहरी र स्थानीयले उनको पनि खोजी कार्य गरिरहेको प्रवक्ता बोहराको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.