बाटो विषयमा विवाद हुँदा एकको हत्या, पाँच घाइते

बाटो विषयमा विवाद हुँदा एकको हत्या, पाँच घाइते

राजविराज : बाटोमा घर बनाएको विषयमा भएको विवादले उग्र रुप लिएपछि छिमेकीको प्रहारबाट सप्तरीको डाकनेश्वरी नगरपालिका-९ सखुवाका एकजनाको हत्या भएको छ । आवतजावतमा कठिनाई हुने गरी सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै रोक्न गएका सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको काठको चौखट प्रहारबाट मृत्यु भएको नगरपालिका प्रमुख शिवनारायण साहले जानकारी दिए । 

छिमेकी ४० वर्षीया निलमदेवी मेहता र उनका छोरा २२ वर्षीय मुकेश मेहता सहितकाले निर्माणाधिन घरका लागि ल्याएको काठको चौखटले टाउकोमा प्रहार गर्दा मृत्यु भएको मृतकका नाती अजयकुमार मण्डलले बताए ।

कुटपिटबाट घाइते मण्डलको उपचारका क्रममा आइतबार राती न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको सप्तरी प्रहरीले समेत जनाएको छ । शनिबार साँझ उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएका मण्डलको अवस्था गम्भीर भएपछि उपचारका लागि बिराटनगर भर्ना गरिएको थियो । उपचार क्रममा मृत्यु भएपछि शवलाई राजविराज ल्याइएको छ ।

सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै मण्डल परिवार र मेहता परिवारले एक अर्कालाई दोषारोपण गर्दै विवाद गरेको डाकनेश्वरी नगरपालिका-९ का वडा अध्यक्ष कर्णदेब चौधरीले बताए ।

आपसमा कुरा नमिले पछि दुई दिनअघि वडा अध्यक्षले कारवाहीका लागि उजुरी गर्न प्रहरीसमक्ष पठाएका थिए भने प्रहरी बेस क्याम्प पत्थरगाढाले गाउँमै छलफल गर्न पठाएको थियो ।

उजुरी परी छलफल चलिरहेको विषयको टुंगो नलगाउँदै मुकेश मेहताले जबरजस्ती घर जोडन थालेपछि खंग परिवार रोक्न गएका थिए । मेहताले खंगलाई उनले मिचेको बाटो खाली गरे मात्र आफूले पनि बाटो छाडने बताएको र विवाद भएको प्रत्यक्षदर्शीले बताए ।

मृतकका छोरा २६ वर्षीय अशोककुमार मण्डलले निलमदेवी, उनका छोरा मुकेश मेहता, सोही ठाउँका ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुरकुन भनिने देवेन्द्र महतो, ४० वर्षीय उमेश महतो, ५५ वर्षीय रामनारायण महतो र ६५ वर्षीय तुलसी यादवले कुटपिट गरी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी दिएका छन् ।
 
कुटपिटबाट मण्डलको मृत्यु भएको उजुरी दर्ता गरी आरोपितको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए । डिएसपी भारतीले घटनाबारे अनुसन्धान भइरहेको बताए। आरोपितहरु मृत्युको खबरसँगै गाउँबाट फरार भएका छन्।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले शव पोष्टमार्टम हुन नसक्ने जनाएपछि पोष्टमार्टमका लागि शवलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कुटपिटबाट घाइते ३६ वर्षीय जानकीदेवी खंग र बिन्देश्वर खंग मण्डलको राजविराजस्थित अस्पतालमा उपचार भएको छ भने सामान्य घाइते मुकेश, देबेन्द्र र ७५ वर्षीय लक्ष्मी महतोको स्थानीय क्लिनिकमा उपचार भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.