बारामा एकैदिन २३ जनामा कोरोना संक्रमण

बारामा एकैदिन २३ जनामा कोरोना संक्रमण

बारा : बाराको महागढीमाई नगरपालिका र कलैया उपमहानगरपालिकामा एकैदिन २३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै महागढीमाई नगरपालिकामा २१ र कलैया उपमहानगरापालिकामा २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । 

योसंगै बारामा संक्रमितको संख्या ३९ पुगेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा महागढीमाईका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कलैया उपमहानगरपालिका १ कोतवालीका २५ र ३२ वर्षका पुरुषमा कोरोना भेटिएको हो । 

महागढीमाई नगरपालिकामा कोरोना पुष्टि भएका सबै पुरुष भारतबाट एक साताअघि मात्रै नेपाल प्रवेश गरेका हुन् । पचरौता नगरपालिकाको बेलदारी नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर महागढीमाई नगरपालिकाले बगवाईन माध्यमिक विद्यालयमा संचालन गरेको क्वारेन्टाइनमा राखिएको थियो । 

क्वारेन्टाइनमा रहेका ४० जनामध्ये ३० जनाको स्वाब परीक्षण गरिएको र त्यसमध्ये २१ जनामा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । संक्रमित २३ जनाको विवरण प्राप्त भएपछि उनीहरुलाई कलैया अस्पतालको क्वारेन्टाइनमा राखिने प्रजिअ पण्डितले बताए । 

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले भारतबाट नेपाल प्रवेश गरेका उनीहरुको स्वाब एक साताअघि संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएको जानकारी दिए । यादवले नेपाल प्रवेश गर्ने क्रममा नाकाबाटै उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएकाले परिवार र समुदायसम्म जोखिम पुग्न नपाएको बताए । उनले क्वारेन्टाइनमा रहेका अन्यको पनि अब तत्काल तत्काल परीक्षण गर्न आवश्यक रहेको बताए । 

बगवाइनमा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा अन्य १० जनाको परीक्षण हुन बाँकी छ । उनीहरु सबै भारतबाट आएका हुन् । महागढीमाई नगरपालिकाले संचालन गरेका तीन क्वारेन्टाइनमा ५२ जनालाई राखिएको थियो । एकैदिन थपिएका २३ सहित बारामा संक्रमितको संख्या ३९ पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँच प्रहरी, सिम्रौनगढ नगरपालिकामा सात, करैयामाई गाउँपालिकामा दुई,  जीतपुरसिमरा उपमहानगरपालिकामा एक, विश्रामपुर गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितमध्ये जीतपुरसिमराका एक र सिम्रौनगढका एक जना उपचारपछि घर फर्किएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.