कुइरेपानी क्वारेन्टाइनका स्वास्थ्यकर्मीको रातारात लिइयो स्वाब

कुइरेपानी क्वारेन्टाइनका स्वास्थ्यकर्मीको रातारात लिइयो स्वाब

दाङ : संक्रमित भेटिएका दाङको कुइरेपानी क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मध्यरातमा स्वाब संकलन गरिएको छ ।  क्वारेन्टाइनमा चरम लापरबाही भएको र संक्रमित भेटिएको ५ दिनसम्म स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब परीक्षण नभएको समाचार अन्नपूर्णपोष्ट डटकममा प्रकाशन भएपछि आइतबार मध्यरातमा उनीहरुको स्वाब संकलन गरिएको छ ।

क्वारेन्टाइनमा रहेका ७ जना स्वास्थ्यकर्मी र ५ जना सुरक्षाकर्मीको राती स्वाबको नमूना संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाइएको घोराही उपमहानगरपालिकाका कोरोना फोकल पर्सन जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले बताए । 

उनले उनीहरुसँग अन्य ८० जनाको समेत गरेर सोमबार बिहान ३ बजेसम्म संकलन गरिएको बताए । राती १० बजे देखि स्वाब संकलन सुरु गरिएको थियो स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।

दाङको घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको घोराही ३ मा रहेका कुइरेपानी क्वारेन्टाइनमा रहेका नागरिक र स्वास्थ्यकर्मीहरुले सामान्य सुरक्षा सामग्री समेत पाउन सकेका छैनन् ।

यो क्वारेन्टाइनमा रहेका एकजना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । घोराही उपमहानगरपालिका ३का ती पुरुषलाई कोरोना पोजिटिभ भेटिएको भएपनि त्यहाँ रहने अरुको बारेमा भने स्थानीय सरकारले लापरवाही गरेको देखिएपछि अन्नपूर्णले त्यो विषय सार्वजनिक गरेको हो ।

क्वारेन्टाइन १८ दिनदेखि ड्युटीमा खटिएका ७ जना स्वास्थ्यकर्मी सामान्य सुरक्षा कवज पीपीई समेत नभएको गुनासा गरेका छन् भने मापदण्डअनुसारको अन्य व्यवस्था समेत नरहेको गुनासो बढी हुन थालेको छ । संक्रमित भएको क्यारेन्टाइनमा लापरवाही देखिनुले स्वास्थ्यकर्मी उच्च जोखिममा काम गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.