नाकाबाट नेपालतर्फ ओइरिएको जनसागर, दुईघन्टामा दुई हजार बढी भित्रिए (फोटो फिचर)

नाकाबाट नेपालतर्फ ओइरिएको जनसागर, दुईघन्टामा दुई हजार बढी भित्रिए (फोटो फिचर)

धनगढी : सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टाका लागि खोलिएको गौरीफन्टा नाकाबाट २२ सय २७ जना नेपाल भित्रिएका छन । शनिबारदेखि भारतबाट आउनेको संख्या अत्यधिक रुपमा बढन थालेपछि सोमबार १० बजेदेखि १२ बजेसम्मका लागि मात्रै सीमा नाका खोलिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

शनिबार २५ सय ७९ जना यस नाकाबाट नेपाल भित्रिएकोमा आइतबार त्यो संख्या ३९ सय ८८ पुगेको थियो । बुधबारदेखि दैनिक दिउँसो १२ बजेदेखि दुई घण्टाका लागि सीमा नाका खोल्ने सहमति भएपनि भारतबाट आएकाहरु पलियामा अलपत्र पर्ने देखेपछि प्रशासनले बेलुकीसम्म पलिया पुगेका सबैलाई नेपाल प्रवेश दिएको थियो ।

तर नेपालतिरका क्वारेन्टाइन भरिभराउ भएको र उनीहरुलाई गन्तव्यमा पुगाउनका लागि सवारी साधनको अभाव हुन थालेपछि सोमबार दुई घण्टाका लागि मात्रै सीमा नाका खोलिएको हो । 

बुधबारबाट दैनिक रुपमा निश्चिम समयका लागि गौरीफन्टा नाका खुल्न थालेपछि सुदूरपश्चिम मात्रै होइन पूर्वका झापा सम्मका नागरिक पनि यही नाका भएर आउन थालेका छन्। 

'गड्डाचौकी नाका आज मात्रै खुल्यो, पूर्वका नाका खुल्ने बन्द हुने गरेका छन्, गौरीफन्टामा धेरै नेपाली भएको भन्दै हामीले निश्चित समयका लागि भएपनि दैनिक नाका खोलेकाले भारतमा बसेका नेपाली यही नाका प्रयोग गर्न थालेका छन्,' प्रशासकीय अधिकृत तथा प्रवक्ता शिवराज जोशीले भने ।

गौरीफन्टा नाकामा सोमबार २२ सय २७ जनालाई मात्रै आउन दिएपछि भारतको पलियामा ६० वटा बसमा मानिस आएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन्। 

गौरीफन्टा नाकाबाट पलियाको दुरी ३५ किलोमिटरको हाराहारीमा छ । त्यहाँ हजारौं नेपाली सरसामानसहित बसमा बसिसकेकाले उनीहरुलाई एक दिनका लागि क्वारेन्टाइन पनि गर्न नसकिएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन्।

पलिया पुगेका नेपाली बसमै भोकभोकै बस्न बाध्य भएका छन्। भारतमा पनि लडकडाउन भएकाले उनीहरुले पानी र खाना समेत नपाएको भारतको पलियाका पत्रकार शिशिर शुक्लाले बताए । 'कोरोनाको डरले, उनीहरुले खाना पानी पनि पाएका छैनन, पलियामा रोकिएकाको विजोग छ,' शुक्लाले भने ।

नेपालतिर भने कैलाली उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, निसर्ग अस्पताल, होटल व्यवसायी संघ, मारवाडी संघ, चौलाली डिपार्टमेन्टल स्टोर सहितका दर्जनौं संघ संस्थाले सीमा क्षेत्रमै उनीहरुका लागि पानी र खानाको व्यवस्था गरेका छन् । 

नेपाल प्रवेश गरेका उनीहरुका लागि अरु क्वारिन्टाइनमा पनि खाना, पानी र बासको व्यवस्था । तर भारतमा रोकिएका नागरिकले कष्टकर रुपमा बस्नु परिरहेको छ ।

यसअघि यो नाकाबाट दैनिक पाँच सय जना मात्रै भित्र्याउने भनिए पनि धेरै मानिस पलियामा अलपत्र पर्ने थाहा पाएपछि नेपाली प्रशासनले त्यहाँ पुगेजती सबैलाई नेपाल भित्र्याएको थियो ।

कैलालीको गौरीफन्टा नाकाबाट मात्रै पछिल्लो पाँच÷छ दिनमा १५ हजार मानिस नेपाल भित्रिएका छन्। पहुँच भएका, सीमा क्षेत्रमै सवारी साधन मगाएर आफै टिकट तिरेर गन्तव्यतिर लागि रहेका छन् भने सामान्य नागरिक र बेखर्ची भएका नेपालीको भने विचल्ली भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.