होम क्‍वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु

होम क्‍वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु

राजविराज : कोरोनाको लक्षण देखिएकी १८ साताकी एक गर्भवती महिलाको मंगलबार बिहान मृत्यु भएको छ।    अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित सप्तरीको कञ्चनरुप-११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न पठाइएको थियो । 

अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले बताए । उनलाई १० दिनदेखि ज्वरो आइरहेको थियो । 

गर्भवती महिलालाई १ सय२ डिग्री ज्वरो आएपछि परिवारका सदस्यले गत बिहीबार राजविराज ल्याएर उपचार गराएका थिए । डा. विनिता यादवको क्लिनिकमा उपचार गराएकी उनलाई पाँच दिनपछि पुन परीक्षणका लागि बोलाइएको थियो । 

चिकित्सकले पिसाबको संक्रमण (यूटीआई) को औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । वैशाख २८ गते उनको घरबाट नन्दको विवाह समेत भएको छ ।

कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्बर महतोले बताए । 

महतोले मृतकको स्वाब संकलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्नु उपयुक्त हुने बताए । शव व्यवस्थापन निर्देशिका अनुसार दाह संस्कार गर्न वा स्वाब परीक्षणको पीसीआर रिपोर्टको प्रतिक्षा गर्न घरपरिवारसँग सल्लाह गरिने उनले बताए ।

गर्भवतीले वैशाख २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा खोप समेत लगाएकी थिइन् । विवाह दर्ता र नागरिकता समेत नबनाएकी मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.