कोरोना रिपोर्ट नेगेटिभ आएको महिलाको क्‍वारेन्टाइनमै मृत्यु

कोरोना रिपोर्ट नेगेटिभ आएको महिलाको  क्‍वारेन्टाइनमै मृत्यु

प्यूठान : क्वारेन्टाइनमा बसेकी एक महिलाको प्यूठानमा मृत्यु भएको छ । ऐरावती गाउँपालिका ६ स्थित जनता मावी बिजुलीमा रहेको क्वारेन्टाइनमा बसेकी उनको मंगलबार निधन भएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

मृतक महिलाको स्थायी घर मल्लरानी गाउँपालिका ४ हो । माइतीघर बिजुलीमा आएको बेला उनलाई क्वारेन्टाइनमा राखिएको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए । 

उनी एक साताअघि भारतबाट घर आएकी थिइन् । भारतमै रहँदा उनको दोस्रोपटक ब्रेन ट्यूमरको शल्यक्रिया गरिएको खुल्न आएको शाहले जानकारी दिए ।  उनीसँगै क्वारेनटाइनमा बसेका श्रीमानसहित पाँचजनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.