प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  मंगलबार साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुलाई डाकिएको जनाइएको छ।  बैठकमा निशान छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरिनेछ।

यसअघि वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.