करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

डोल्पा : डोल्पामा एकजनाको करेन्ट लागेर ज्यान गएको छ । जगदुल्ला टगाउँपालिका ५ का ३१ वर्षका केशबहादुर शाहीको करेन्ट लागेर ज्यान गएको हो ।

गएराती कुच्चेखोलामा रहेको विद्युत गृहमा विद्युत सञ्चालन गर्ने क्रममा ट्रान्सर्फमरमा करेन्ट लागेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । यही चेत्र २ गतेबाट सञ्चालनमा आएको कुच्चेखोला लघु जलविद्युत आयोजनाको अप्रटेरमा काम गर्दै आएका शाहीको करेन्ट लागेर ज्यान गएको जगदुल्ला गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । 

रोकायाले भने, 'निकै जनताले रुचाउने प्राविधिक थिए । उनी घर नआएपछि परिवार स्थानीयले खोजी गर्दा मृत भेटिए । गाउँपालिकाको सरदर एक करोड ग्रिड नेपालको बाँकी लगानीबाट निर्माण गरेको ५२ किलोवाट क्षमताको विद्युत सञ्चलनमा आएको दुई हप्ता पनि पुगेको छैन ।' 

दुईजना अपरेटरमध्ये एक जनाको करेन्ट लागेर ज्यान गएको छ । करेन्ट लागेर ज्यान गुमाएकाको परिवारले शव बुझेर दाहसंस्कार गरेको प्रहरीले जानकारी दिएको छ । विद्युत खोल्न गएका शाही घर नर्फकिएपछि परिवारले खोजी गर्दा ट्रान्सर्फमर मुनि मृत भेटिएको परिवारले जनाए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.