नवलपरासीमा भिटिएम अभाव, आरटीडी परीक्षण गरेर घर पठाउने तयारी

नवलपरासीमा भिटिएम अभाव, आरटीडी परीक्षण गरेर घर पठाउने तयारी

परासी : पश्चिम नवलपरासीमा भिटिएम अभाव भएपछि क्वारेन्टाइनमा बसेकाहरुको आरटीडी परीक्षण गरेर घर पठाउने तयारी गरिएको छ । जिल्लामा हरेक दिन क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो छ । सरकारले क्वारेन्टाइनमा बस्नेको संख्याअनुसार भिटिएम पठाउन नसकेपछि आरटीडी परीक्षण गरेर नेगेटिभ आउनेलाई घर पठाउनुको विकल्प नरहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।

मंगलबार दिउँसोसम्म जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या ९ सय २१ पुगेको छ । प्रदेश सरकारले भने २ सय ८० भिटिएम पठाएको छ । करिब ६ सय ५० भिटिएम अपुग छ । 'सरकारले पठाएको भिटिएम जिल्लाका ७ स्थानीय तहमा ४० का दरले पठाएका छौं । संख्याअनुसार पीसीआर परीक्षण गर्न सकिदैन,' ढकालले भने ।

भिटिएम अभाव भएपछि १४ दिन क्वारेन्टाइनमा बसेकाको आरटीडी विधिबाट परीक्षण गर्ने र नेगेटिभ आए घर पठाउने निर्देशन भएकाले सोहीअनुसार परीक्षण गरेर घर पठाउनुको विकल्प नरहेको उनले बताए । 

आरटीडी विधिबाट गरिने परीक्षण विश्वासिलो छैन । यसअघि बर्दघाटमा गरिएको आरटीडी परीक्षणमा एकजनाको रिपोर्ट पोजिटिभ आएको थियो । पीसीआरमा भने नेगेटिभ आएको थियो । पीसीआर नगरी आरटीडी गरेर घर पठाउँदा समुदायमा कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयले विरोध गर्न थालेका छन् । 

जिल्लादेखि प्रदेश सरकारसँग भिटिएम उपलब्ध गराउन बारम्बार माग गरेपनि नपठाउँदा समस्या भएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए । 'क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै छ । मेरो गाउँपालिकामा मात्र १ सय ७४ जना क्वारेन्टाइनमा छन् । ४० वटाले के गर्नु ? मैले जिल्ला, प्रदेश सभासद्देखि मन्त्रीसँग भिटिएम तत्काल पठाई दिनुस् भनेको छु । तर सुनुवाई भएको छैन,'अध्यक्ष चौधरीले भने, 'पीसीआर नगरी नपठाउनु भनेर गाउँलेले भनेका छन्  हामीसँग छैन । सरकारले आरटीडी गरेर घर पठाउनुस् भन्छन् । के गर्ने, नगर्ने अन्यौल भएको छ ।'

अहिलेसम्म जिल्लामा  ५ सय ९२ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा ५ जनामा पोजिटिभ देखिएको छ । भारतको उत्तर र बिहार प्रदेशसँग सीमाना जोडिएको जिल्लामा दिहुँजसो भारतबाट आउनेको संख्या बढ्दो छ । सबैभन्दा बढी सुस्ता गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ५ छ ।

सरावल गाउँपालिकामा १ सय ७४, पाल्हीनन्दनमा १ सय ५२ र प्रतापपुर गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या १ सय ४७ छ । त्यसैगरी बर्दघाट नगरपालिकामा ९५, रामग्राम नगरपालिकामा ८६ र सुनवल नगरपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या ६२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.