गाडेको शव प्रहरीले निकाल्यो, बुवाआमासहित ४ जना पक्राउ

गाडेको शव प्रहरीले निकाल्यो, बुवाआमासहित ४ जना पक्राउ

परासी : हत्या भएको आशंकामा प्रहरीले एक किशोरीको शव गाडेको ठाउँबाट निकालेको छ ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-३ रेवा गाउँकी १४ वर्षीया किशोरी धनेश्वरी बिनको शव प्रहरीले मंगलबार दिउँसो गाडेको ठाउँबाट निकालेको हो । 

स्थानीयले हत्या गरेर किशोरीलाई गाडेको हुन सक्ने बताएपछि प्रहरीले शवलाई निकालेको हो । शवको प्रकृति हेर्दा शंकास्पद देखिएकाले ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनामा अनुसन्धान गर्न मृतकका बावु लक्ष्मण, आमा, दाजु र शव गाड्न पुगेका अर्का छिमेकीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए ।

मृतकको टाउकोमा चोट देखिएकाले घटना शंकास्पद देखिएको थापाले बताए । प्रहरीका अनुसार मृतक किशोरीको अर्का दाजु जीतेन्द्रसँग आइतबार झगडा भएको थियो । 

झगडा हुने दाजु फरार रहेकाले उनले नै टाउकोमा प्रहार गरेको हुनसक्ने आशंका प्रहरीको छ । प्रहरीका अनुसार घरमा अकस्मात लडेकी किशोरीले बान्ता गर्न थालेकी थिइन् ।

त्यसक्रममा घर परिवारले विष सेवन गरेको भन्दै साबुन पानी खुवाउन लगाएर बान्ता गराउँदै स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएपछि घर परिवारले नजिकै रहेको नारायणी नदी किनारमा आइतबार राती शव गाडेका थिए। 

मृतक किशोरीको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.